नागरिक पोष्ट News


निषेधाज्ञा खुलेपछि कसरी काम गर्ने, कोरोनाबाट बच्न यी कुरामा विशेष ध्यान दिनैपर्ने -डा. रविन्द्र पाण्डे

2.6K

सरकारले काठमाडौं उपत्याकामा भोलिदेखि लागु हुने गरि निषेधाज्ञा खुकुलो बनाएको छ | यो निर्णय आम जनताको पक्षमा छ | हामीले बुझ्नुपर्छ कि निषेधाज्ञा खुकुलो बनाएको कोरोना संक्रमण घटेर होइन | आम जनतालाई आर्थिक, सामाजिक तथा मनोबैज्ञानिक भार परेको कारण निषेधाज्ञा खुकुलो भएको हो | सरकारले बल हाम्रो हातमा दिएको छ |

अब हामी सबैले निम्न कार्यहरु अबलम्बन गरौँ : -

बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिहरु घरभित्र बस्ने |

सकभर घरभित्र पनि छुट्टै कोठामा बस्ने |

काम गर्न बाहिर जाने व्यक्तिसंग दुरी कायम गर्ने |

कुरा गर्दा मास्क लगाउने |

- मर्निंग वाक वा इभिनिंग वाक घरमै गर्ने |

- खुल्यो भनेर बिनाकाम घरबाहिर नजाने |

घरबाहिर जति छोंटो समय बितायो त्यति धेरै सुरक्षित हुने सम्भावना धेरै हुन्छ |

- घरबाहिर निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने

| सम्भव भएसम्म २ मिटरको दुरी कायम गर्ने |

भीडभाडमा नजाने, भीडभाड नगर्ने |

- सार्वजनिक यातायात प्रयोग गर्दा मास्क तथा पंजा लगाउने |

स्यानिटाइजरले हात सफा गरिरहने |

बिशेष सतर्क हुने |

- हरेक पसलले व्यक्तिगत दुरी कायम हुनेगरि काउन्टरको ब्यबस्थापन गर्ने |

मास्क नलगाएका ग्राहकलाई मास्क दिने |

सबैको लागि ठूलो स्यानिटाइजर राख्ने |

झ्यालढोका खोलेर भेन्टिलेसनको प्रत्याभूति गर्ने |

- सकभर हरेक पसलमा परल मुल्यमा सस्तो मास्क तथा स्यानिटाइजर बिक्रीवितरण गर्न राख्ने |

- ग्राहक ब्यबस्थापन कुशल ढंगले गर्ने |

भीडभाड नगराउने |

- पसल र हरेक सामान संक्रमणरहित बनाउने

| - चियापसल, कफीसप तथा पसलमा साथीहरु संगै बस्ने, गफ गर्ने, चुरोट खाने, सुर्ती मोलेर बाँड्ने, थुक्ने जस्ता काम नगर्ने |

- कुन व्यक्ति संक्रमित छ, कुन व्यक्ति छैन भन्ने अनुहार, सम्बन्ध, शिक्षा, पद आदि हेरेर थाहा हुँदैन |

हरेक व्यक्तिसंग सुरक्षित ब्यबहार गर्ने |

- सामान किन्दा धेरै छान्ने काम नगर्ने |

किनमेलको लिस्ट घरमै बनाएर जाने |

पसलहरुमा एकदम छोंटो समय बिताउने |

जति लामो समय पसलभित्र वा बसभित्र बस्यौं, त्यति नै जोखिम हुन्छ | -

सकभर तरकारी बजारबाट तरकारी नकिन्ने |

घर नजिकको पसलबाट किन्ने | बसेर छान्ने, छाम्ने काम नगर्ने |

- डिपार्टमेन्टल स्टोर तथा सपिंग मलमा पर्याप्त भेन्टिलेसन हुँदैन |

तसर्थ आफुले बनाएको लिस्ट अनुसार फटाफट किनेर बाहिरिने |

लामो समय नबिताउने |

- भोको, मास्क किन्न नसकेको तथा समस्यामा परेका व्यक्तिलाई सक्दो सहयोग गरेर पुन्य कमाउने |

कमाउने कुरा पैसासंग मात्र जोडिएको हुँदैन |

पुण्यभन्दा ठूलो कमाइ अरु केहि हुँदैन |

- बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, बिद्युत आदि जनसम्पर्कका कार्यालयले हरेक बैंकका हरेक शाखाबाट भुक्तानी गर्न मिल्ने ब्यबस्था मिलाउने |

क्यासलेस लेनदेनलाई प्रेरित गर्ने |

टाइम कार्ड लागु गरेर भीड नियन्त्रण गर्ने | फाइललाई डिजिटल बनाउने |

- रुघाखोकी, ज्वरो वा अन्य स्वास्थ्य समस्या भए घरमै आराम गर्ने |

बिरामी हुँदा आफुले अरुलाई सार्ने मात्र होइन अरुको संक्रमण आफुलाई छिटो सर्ने खतरा पनि हुन्छ | - सकभर पानी, खाजा घरबाट लिएर जाने वा सफा र झ्यालहरु धेरै भएको रेस्टुरेन्टमा सुरक्षित रुपमा खाने | - आफ्नो पसल जति धेरै सफा गरिन्छ, जति धेरै मापदण्ड पुर्याएर संचालन गरिन्छ तथा जति धेरै आफ्ना कामदारलाई सफा बनाइन्छ, त्यति धेरै चल्छ | यो सुत्र सबैले अपनाउने | - कामबाट घरमा आएपछि मास्क, चस्मा, झोला, बाहिरी कपडा आदिलाई छुट्टै ठाउँमा राख्ने, नुहाउने अनि मात्र परिवारसंग घुलमिल हुने | - ग्राहकलाई सुरक्षित बनाउनु हरेक व्यवसायीको दायित्व हो | - हामी सबैले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने संक्रमण घट्दै जान्छ | संक्रमण घटेपछि लकडाउन वा निषेधाज्ञा हुँदैन | हामी पनि सुरक्षित हुन्छौं | डा. पाण्डेको फेसबुक वालबाट

Must View