सामाजिक अभियान्ता महेशजगँ कुँवरले कसलाई दिए दागबत्ती
काठमाण्डौँ २४, हिमालयन बृद्धा आश्रम केन्द्र गोङ्बुमा रहेका बीरहस्पिटल बा को निधन भएको छ । टोखा नगरपालिका वडा नं ९ स्थित हिमालयन बृद्धा आश्रममा बस्दै आएका “बीरहस्पिटल बा” को नामबाट चिनिएका एक बृद्धको निधन भएको छ ।
अन्दाजी ७० बर्ष जतिका सो बृद्धलाई करीब १० महिना अगाडी बीरहस्पितलबाट सो बृद्धा आश्रममा ल्याइएको थियो । हिजो दिउँसो करीब ११ बजेर ३० मिनेट जादा उहाँको निधन भएको जानकारी संस्थाले नागरिकपोष्ट डटकमको संवाद दातासँग गराएको थियो । पोष्टमार्टमको रिपोर्ट आएपछि आज बुधवार भाद्र २४ गते उहाँको पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको जनाइएको छ । पार्थिब शरिरलाई दागबत्ती दिने कोही नभएको हुँदा संस्थाकि अध्यक्ष सरला पन्थी, कोषाध्यक्ष शोभा सापकोटा, राष्ट्रिय नागरिक समाजकी प्रतिनिधि रिता श्रेष्ठ प्रधान, साथमा लाइन्स क्लबका साथीहरूहरूको अनुरोधमा सामाजिक अभियान्ता तथा राष्ट्रिय नागरिक समाजका अध्यक्ष महेश जगँ कुँवरले उहाँको पार्थीव शरीरलाई दाग बत्ती दिएर एक उदाहरणीय कार्य गर्नु भएको छ ।