नागरिक पोष्ट News


खुशी मात्र लुटेका हुन् लुट्नेहरूले ..गजल – तारा प्रकाश बम

2.3K
गजल – तारा प्रकाश बम

 २४ भाद्र २०७७, बुधबार

दुःख पीडाको जागिर अझै छ म सँग र अस्ताएको तक्दिर अझै छ म सँग

नाता टुटेको बर्षौ भएपनि उस्को मेरो त्यो निष्ठुरीको तस्बिर अझै छ म सँग

सधैं हारे हुँला तर सबै हारेको छैन एकथान मृत्यु आखिर अझै छ म सँग

खुशी मात्र लुटेका हुन् लुट्नेहरूले पोल्टो भरि जन्जिर अझै छ म सँग

‘तारा’ खसाल्छु भन्नेहरू याद राख्नु झुक्दै नझुक्ने शिर अझै छ म सँग

 

Must View