काठमाडौं उपत्यकामा बार अनुसार पसल खोलिने, हेर्नुहोस् कुन बार कुन पसल खुल्नेछन्
1.9K
काठमाडौं -सरकारले उपत्यकामा बिहीबार अलि खुकुलो बनाउने निर्णय गरेको छ । नीजि तथा सार्वजनिक सवारी साधानहरुमा जोर बिजोर प्रणाली लागू गरिएको छ ।
कुन बार कुन पसल खोल्ने ?
काठमाडौं जिल्ला अधिकारीले जारी गरेको विज्ञप्ती अनुसार अब तरकारी, दुध तथा खाद्यवस्तुका पसलहरु बिहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ ।
सपिङ मल, फेन्सी, जुत्ता, कस्मेटिकका पसलहरु स्वास्थ्य मापदण्ड अपनाइ सातामा सोमबार, बुधबार र शनिबारमात्र खोल्न पाइने निर्णय प्रशासनले गरेको छ । यस्तै, भाडा र भान्साका सामाग्रीका पसल आइतबार मंगलबार र शुक्रबार खोल्न पाइनेछ ।
फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्सका पसल र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने आदेश गरिएको छ । यस्तै, फर्निचर र अटोबाइलका पसल सोमबार र बुधबारमात्रै खोल्न पाइनेछ ।