नागरिक पोष्ट News


जननायक बिपि कोइरालाको १०६ औं जन्म जयन्तीको अवसरमा रक्तदान कार्यक्रम हुदै

1.9K

भदौ २४,काठमाण्डौँ,Covid 19 निषेधाज्ञा को कारण नेपाल अधिराज्य भर रगतको अभाव लाई केही मात्रामा न्यूनीकरण गर्नको लागी ब्लड डोनर्स एशोसिएशन नेपाल को आह्वान आज भाद्र २४ गते बुधबार का दिन बिहान ठिक १०;३० बजे मनमैजु मन्दिरको प्राङ्गणमा रक्तदान कार्यक्रम हुदै छ ।

नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री जननायक बिपि कोइराला को १०६ औं जन्म जयन्तीको अवसरमा नेपाली काग्रेस तारकेस्वर नगर पालिका वडा नं ९ वडा कार्य समितिको आयोजनामा रक्तदान कार्यक्रम हुन लागेको हो । रक्तदान, जीवन दान ,महादान जस्तो पुन्य कार्य हुन गईरहेको हुदा आयोजक टिमले सम्पुर्ण नगरवासीलाई सो कार्यमा उपस्थित भई रक्तदान गरिदिनुहुन हार्दिक निमन्त्रणा समेत गरेका छन्।

 

Must View