नागरिक पोष्ट News


तारकेश्वर -नं ९ मा रक्तदान कार्यक्रम सम्पन्न, कम्युनिष्ट सरकारले गति छाड्यो: नेता केसी

3.1K

नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले वर्तमान सरकार नालायक भएको टिप्पणी गरेका छन् । बीपी जयन्तीको अवसरमा तारकेश्वर नगरपालिका वडा नं ९ आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै नेता केसीले नेकपा सरकार पार्टीको आन्तरिक विवादमै अड्किएको भन्दै जनताको पक्षमा काम हुन नसकेको बताए ।

त्यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेस काठमाडौ जिल्ला सभापति सबुज कृष्ण बानियाँले अहिलेको सरकारले अपेक्षाकृति विकास निर्माणको काम गर्न नसकेको दावी गरे ।

हालका दिनमा कोभिड १९ ले गर्दा देशैभर रगत अभाव भएकोले रक्तदान कार्यक्रम आय‍ोजना गरेको नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र न ६ का महाधिवेशन प्रतिनिधि ईन्द्र मान महर्जनले  जानकारी दिए ।उनका अनुसार रक्तदान कार्यक्रमबाट ८० पिन्ट रगत संकलन भएको छ ।

Must View