अब कोरोनासँग ‘लिभिङ टुगेदर' मा बस्नुपर्ने अबस्था
2.7K
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोनासँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प नरहेको बताएका छन् ।
जनस्वास्थ्यका मापदण्ड पालना गर्दै आफ्नो अस्तित्व कायम हुने गरी कोरोनासँग ‘लिभिङ टुगेदर’ मा बस्नुपर्ने अबस्था आएको छ, समय अनुसार हामीले अब बाँच्न सिक्नुपर्दछ पोखरलले भने । उपत्यकाका प्रतिनिधिसभा सांसदहरुको ध्यानाकर्षण पत्र बुझ्दै उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन् । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजकसमेत रहेका पोखरेलले लकडाउन खुकुलो भएपछि बढेको आवतजावतले काठमाडौं उपत्यका संक्रमणको हब बनेको बताए