नागरिक पोष्ट News


नुवाकोट प्रवेश गर्ने नाकाहरुमा थप कडाई, निषेधाज्ञाको समय ३ दिन थप

3K

नुवाकोट प्रवेश गर्ने नाकाहरुका क्षेत्रमा निषेधाज्ञा थप  कडाई  गरिएको छ। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम हिजो भाद्र २३ गते राति १२ बजेदेखि भाद्र ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।

बेलकोटगढी नगरपालिकाको वडा नं २ अन्तर्गत धादिङको आचार्य पोखरी हुँदै कुमरी प्रवेश हुने क्षेत्र र वडा नं ५ अन्तर्गत गल्छी-त्रिशुली-मैलुङ- स्याफ्रुवेशी-रसुवागढीमार्ग हुँदै नुवाकोट प्रवेश गर्ने क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए।

यस्तै शिवपुरी गाउँपालिकाका वडा नं ६, ७ र ८ का सम्पूर्ण क्षेत्र र ककनी गाउँपालिकाको पासाङ ल्हामुमार्ग हुँदै जिल्ला प्रवेश गर्ने वडा नं १ र २ का क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।

निषेधाज्ञाको नियम उल्लङ्घन गरेमा प्रचलित कानून बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। निषेधाज्ञाको समयमा अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने खाद्यान्न पसल र औषधि पसल बाहेक अन्य किसिमका सम्पूर्ण पसल, उद्योग, व्यवसाय सञ्‍चालन गर्न रोक लगाएको छ। तर खाद्यान्न पसल बिहान ६ बजेदेखि १० बजेसम्म मात्र खोल्न पाइने छ।

Must View