प्रधानमन्त्री र व्यवसायीहरुको छलफल सकारात्मक, भदौ २४ पछि निषेधाज्ञा थप नहुने !
उद्योगी र व्यावसायीले भने अब निषेधाज्ञा लम्ब्याउन नहुनेमा जोड दिएका छन्। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी र व्यापारीसँग छलफल गरेका थिए। उक्त छलफलमा व्यापारीले निषेधाज्ञा नलब्याउन आग्रह गरेका थिए। व्यावसायीको आग्रहलाई प्रधानमन्त्री ओलीले सकारात्मक रुपमा लिएको बताएका थिए।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा भदौ तीन गतेबाट सुरु भएको निषेधाज्ञालाई २४ गतेसम्मलाई लम्ब्याइएको थियो।
प्रधानमन्त्री ओलीले कोरोना महामारीबाट मानिसको ज्यान बचाउनु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै सरकार मध्यमार्गी बाटोमा हिँड्ने बताएका थिए।
स्रोतका अनुसार सरकारले काठमाडौं उपत्यकाको हकमा डब्ल्यूएचओको मापदण्डलाई फलो गर्दै दैनिक जनजीविकासँग सम्बन्धित विषयलाई भने खुला गर्ने भएको हो। एकपछि अर्को गर्दै चाडबाड आइरहेको अवस्थामा निरन्तर निषेधाज्ञा जारी राख्दा गरिखार्ने वर्ग र व्यापारी मारमा पर्ने भएपछि सरकारले बीचको बाटो लिने भएको हो।