ललितपुरमा झडपपछि पक्राउ परेका दुईजनामा कोरोना संक्रमण, खटिएका १९ जना प्रहरीमा पनि कोरोना संक्रमण
1.9K
काठमाडौं। बिहीबार ललितपुरमा रातो मछिन्द्रनाथको रथ तान्नेक्रममा भएको झडपपछि पक्राउ परेका ९ जना मध्ये २ जनामा कोरोना संक्रमण देखिएको छ। ललितपुर प्रहरीको हिरासतमा रहेका उनीहरुमा कोरोना संक्रमण देखिएको स्रोतले बतायो।
कोरोना संक्रमण देखिएपछि उनीहरुलाई बेग्लै हिरासतमा राखिएको महानगरीय प्रहरी परिसर ललितपुर स्रोतले जनाएको छ। स्रोतका अनुसार संक्रमितलाई अस्पताल कसरी पठाउने भन्ने विषयमा उनीहरुका आफन्तसँग छलफल भइरहेको छ। कुन अस्पताल लैजाने भन्ने पनि टुंगो नभएको स्रोतले जनाएको छ।बिहीबार ललितपुरको पुल्चोकमा भएको भडपमा ९ जना पक्राउ परेका थिए। सो झडप नियन्त्रण गर्न खटिएका १९ जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको थियो।