नागरिक पोष्ट News


तारकेश्वर काठमाडौंको उदाहरणीय काम, कोरोना संक्रमितलाई प्रोत्साहनका लागि मेयर घर घरमा पुगेर सहयोग गरे

2.3K

भदौ २२, काठमाडौं । तारकेशवर नगरपालिकाले कोरोना संक्रमितहरुलाई नगद प्रदान गरेको छ । नगरपालिकामा कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकाहरुलाई नगरपालिकाले प्रतिव्यक्ती नगद रु ५००० प्रदान गरेको हो ।

नगरका प्रमुख रामेश्वर बोहरा लगायत पदाधिकारीले तानपा वडा नं १० को शिवनगरस्थित नवल चन्द्र शिवाकोटीको एकै घरमा रहेका ५ जना कोरोना संक्रमितलाई जनही पाँच हजार रुपैयाँ, केहीथान मास्क, स्यानिटाइजर, भिटामिन सी लगायत स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेका छन् । सो अवसरमा तानपा प्रमुख बोहोराले कोभिड १९ को संक्रमण भएर गम्भीर लक्षण नदेखिएकाहरुलाई होम आइसोलेसन नै उपयुक्त हुनेभन्दै सबै कोरोना संक्रमितहरुको साथमा नगरपालिका रहेको बताए ।

तारकेश्वर नगरपालिकाले कोरोना संक्रमित आफ्नो नगरपालिकाका संक्रमितलाई नगद रु पाँच हजार दिने घोषणा यस अघि नै गरेको थियो । भदौ २२ सोमबार नगरपालिकाको वडा नं ९ र १० का होम आइसोलेसनमा बसेकाहरुलाई नगर प्रमुख रामेश्वर बोहोराले प्रतिव्यक्ती नगद रु ५०००, माक्स, सेनिटाइजर र भिटामिन सि सहितको एक(एक प्याकेज वडा नं १० स्थीत सिवाकोटी परिवारको घरवाट सो कार्य शुरु गरेको हो ।

नगरपालिका भित्र होम आइसोलेसनमा रहेका सबैलाई घर घरमा गएर उक्त प्याकेज प्रदान गरिने नगर प्रमुख बोहोराले जानकारी दिनुभयो ।उक्त अवसरमा नगर प्रमुख बोहोराका साथै नगर उपप्रमुख भवानी डोटेल, नगरपालिकाका कार्यकारी प्रमुख शिव प्रसाद लम्साल, वडा नंं ९ का वडा अध्यक्ष बलराम सिटौला, वडा नं। १० का वडा अध्यक्ष अमृत थापा, नगर स्वास्थ्यका कर्मचारीहरु, पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Must View