नागरिक पोष्ट News


तारकेश्वर १० मा डाक्टरकै घरमा १९ जना कोरोना संक्रमित भेटियो

1.6K

२२ भदौ, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. १० मा एउटै घरमा बस्ने १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालकै पहिलो रेकर्ड हुन सक्छ सबैभन्दा बढि एउटै घरमा कोरोना देखिएको यो पहिलो हो ।

एउटै घरमा यति धेरै मानिसमा पिसिआर परिक्षणमा पोजेटिभ देखिनुको मुख्य कारण के हो यसको हामी खोजी गर्दै जानेछौं । स्थानीयबासीका अनुसार उक्त घरमा एउटै कोठामा ४–५ जना भन्दा बढि बसोबास गर्ने गरेका छन् । घर खुल्ला सडक छेउमा हुनुका साथै गेट कम्पाण्ड नभएका कारण कोरोना संक्रमित बडेको हुन सक्ने आशंका गरिएको छ ।

कोरोना संक्रमित घरको घरबेटी आफैं डाक्टरी पेसामा कार्यरत छन् । अहिले अन्नपूर्ण न्यूरो अस्पतालको न्यूरो सर्जरी डाक्टर हुन । उक्त घरमा बस्ने ३३–३४ जनाको पिसिआर परिक्षण गरिनुका साथै संक्रमितको कन्ट्याकमा रहेका नजिकका गरी जम्मा ४०–४५ जनाको पिसिआर परिक्षण गरिएको तारकेश्वर नगरपालिकाले जानकारी दिएको छ ।

घरबेटी डाक्टरकाअनुसार अहिले सबैको अवस्था सामान्य नै रहेको छ । सुरुमा २ जनामा कोरोना संक्रमण देखिएको थियो । तारकेश्वर नगरपालिकाले दिएको जानकारीअनुसार १० जनालाई इचंगु–नारायणको आइसोलेसनमा राखिएको छ भने सुरुका २ जनालाई दहचोकको सशस्त्रको आइसोलेसनमा राखिएको छ । त्यस्तै ३ जनालाई कित्तिपुर अस्पतालको आइसोलेसनमा राखिएको छ । बाँकी ४ जना भने होम आइसोलेसनमै रहेको बुझिएको छ ।

तारकेश्वर नगरपालिकाले आजदेखि वडा नं. ९ र १० बाट कोरोना संक्रमित भएर निको भएकाहरुलाई घरमै पुगेर ५ हजार नगद र स्वास्थ्य सामाग्री वितरण सुर गरेको छ । आज नगर प्रमुख रामेश्वर बोहोरा, उप–प्रमुख भवानी डोटेल धिताल, प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद लम्साल सहितको टोली कोरोना संक्रमितको घरमै पुगेका थिए ।

from : farakpatra

Must View