नागरिक पोष्ट News


तारकेश्वरमा कोरोना संक्रमितको संख्या १८५ पुग्यो, आजसम्म ८०६ जनाको पिसिआर परिक्षण सम्पन्न

1.2K

२१ भदौ, काठमाडौं । तारकेश्वर नगरपालिकाले भोलीदेखि होम आइसोलेसनमा बसेकालाई ५ हजार नगद दिने भएको छ । नगर प्रमुख सहितको टोलीले माक्स, सेनीटाइजर र रकम दिन लागेको हो ।

उक्त कार्यका लागि नगर प्रमुख रामेश्वर बोहरा, उप–प्रमुख भवानी डोटेल, प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्साल, नगर स्वास्थ्य साखा प्रमुख जनार्दन अधिकारी र सम्बन्धित वडाका जनप्रतिनिधिहरुको टोलीले कोरोना संक्रमित बिरामीको घरमै पुगेर होम आइसोलेसनमा बसेकाहरुलाई आत्मबल बढाउनुका साथै पोषिलो खानाका लागि रकम अहिलेलाई नगद पाँच हजार दिन लागिएको कुरा नगर स्वास्थ्य साखा प्रमुख जनार्दन अधिकारीले बताउनुभयो ।

भोली उक्त कार्यक्रम तारकेश्वर १० को शिव नगरबाट सुरु हुने बुझिएको छ । कोरोना संक्रमित भएका सबै वडाहरुमा नगर प्रमुख सहितको टोली गएर रकम र स्वास्थ्य सामाग्री दिने कार्यक्रम रहेको छ । भोली नै तारकेश्वर वडा नं. ९ मा समेत कोरोना संक्रमितको घरमा पुगेर जनप्रतिनिधिको टोलीले रकम हस्तान्तरण गर्नेछ ।

Must View