नागरिक पोष्ट News


उपत्यकामा निषेधाज्ञा दशैसम्म लम्बिन सक्ने ! नाकामा सेना परिचालन गर्नुपर्ने काठमाडौ सिडयोको प्रस्ताव

2.3K

काठमाडौ उपत्यकामा कोरोना संक्रमण अबस्था नघटेकोले निषेधाज्ञा दशैसम्म लम्बिन सक्ने संकेत देखिएको छ । तर निषेधाज्ञाको मोडल भने फरक नहुने सम्बद्ध अधिकारीहरुले बताएका छन् ।  

काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्ला प्रमुख अधिकारीहरुले काठमाडौं उपत्यका प्रवेशमा थप कडाई गर्नुपर्ने बताएका छन् । यता बाहिरी जिल्लाबाट भित्रिनेहरुबाट कोरोना संक्रमण बढी देखिएकोले नाकामा सेना परिचालन गर्नुपर्ने काठमाडौ सिडयोको प्रस्ताव गरेका छन् ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँच वटै नाकामा सेना परिचालन गर्नुपर्ने बताए । उनले चाहेर पनि र नचाहेर पनि दैनिक २ हजार भन्दा बढी मान्छेलाई भित्र्याउनु परेको उल्लेख गर्दै नाकालाई ठप्प पार्न नसकिने बताए । अहिले पनि विभिन्न ढुवानीका साधन मार्फत मानिसहरु आवतजावत भइराखेकाले त्यसलाई कडाई गर्न सेना परिचालन गर्नुपर्ने आवश्यकता देखिएको दाहालले बताए ।

Must View