नागरिक पोष्ट News


७ बुदे सुझाव सहित मनमैजु साँस्कृतिक समाजको भर्टच्यूअल प्रेस मिट 

1.7K

तारकेश्वर काठमाण्डाँँै, भाद्र २१। कोभिड १९ को कारण सिगो विश्वको अवस्थानै कठिन र जटिल बनिरहेको छ । कोरोनाको असर बाट नेपाल पनि अछुतो रहन सकेन । यो स्थिति कति लामो समयसम्म रहन्छ भनेर आँकलन गर्न कठिन भइरहेको सन्दर्भमा यसले मानव जीवनलाई थुप्रै कठिनपूर्ण बनाइदिनै सकेको छ । यसै विषयममा तत्कालका लागि हामीले आफ्नो जीवन कसरी सुरक्षित गर्ने, भोकमरीबाट नगरवासी जनतालाई कसरी जोगाउने र पछि योजनावद्ध विकासका कामहरु कसरी सुरु गरेर कोभिडको प्रभावलाई कम गर्ने भन्नेमा ध्यान दिन जरुरी भएको भन्दै तारकेश्वर नगरपालिका र सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गराउन  मनमैजु साँस्कृतीक समाज,संचार बिभागले र्भच्यूअल पत्रकार सम्मेलन गरेको छ । 

दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गएकाले अव टोलटोलमा विभिन्न समस्याहरु आउन सक्ने र सोको समाधानका लागि टोलले नै सक्रिय भुमिका निर्वाह गर्न पर्ने आवश्यकता देखिइसकेको छ । त्यसैले वडा र नगरपालिकाहरुले टोल सुधार समितिहरुलाई सहभागी गराएर कसरी जिम्मेवारी पुर्वक लागि पर्न सकिन्छ त्यसतर्फ ध्यान दिन ढिला भइसकेको समेत संचार बिभागले ध्यानाकर्षण गराएको छ । देशभर हजारौ टोल सुधार समितिहरु रहेको तर उनीहरुको व्यवस्थापन र परिचालनमा सरकारको ध्यान जान नसकेको कारण गुणस्तरयुक्त काम नभएको र भएकाको पनि मनोवल बढाउने किसिमका सरकारका तर्फबाट काम हुन नसक्दा हाल टोल सुधार समिती कतिपय ठाउँमा नाममा मात्र सिमित भएको र हाल तारकेश्वर नगरपालिमा मात्रै करिव १०० वटा जति टोलसुधार समिति रहेको संचार विभागका प्रमुख श्रीराम फुटुगेले जनाएका छन् । 

समाजलाई असजिलो पारिरहेको अवस्थामा हामी पनि चुप लागेर बस्न सक्ने स्थिति छैन । त्यसैले तारकेश्वर नगरभित्र रहेका आम नागरिक, बद्धिजीवी, विभिन्न संघसंस्था तथा टोल सुधार समितिहरुलाई आवहान गदैै, यो विपदको घडीमा आफ्नो तर्फबाट केही पहल गरौ, नगरपालिका र सम्बन्धित वडाले पनि त्यसमा साथ दिनुपर्ने र आफ्नो ठाउँ, टोलमा बसोबास गर्ने व्यक्तिहरुको जीवन सुरक्षार्थ पहल सुरु गर्न पनि आग्रह गर्दै स्थानीय तहले राहत र व्यवस्थापनका लागि सुरुदेखि काम गर्दै आए पनि टोल सुधार समिति तथा यहाँ विभिन्न सामाजिक संघसंस्थाहरुको संलग्नतालाई महत्व दिइएको नपाइएको गुनासो नगरभित्र सर्वत्र रहेको छ । नगरपालिका र वडाका केही प्रतिनिधिहरु तथा विपद व्यवस्थापन समितिको क्रियाशिलताले मात्र यो महामारीले ल्याएको प्रभावलाई न्युन गर्न सकिने अवस्था नदेखिएको भन्दै मानवीय प्रतिकार्यका अन्र्तराष्टिय मान्यता, सिद्धान्त तथा नियम तथा मापदण्डहरुको पालना गर्दै जनताको सहभागितामा मात्रै कोभिड प्रतिकार्य प्रभावकारी हुने स्मरण समेत संचार विभागका अध्यक्ष धुव्रराज खड्काले बताएका छन् । 

मनमैजु सांस्कृति समाज ,संचार विभाग प्रमुख को सुझाव टोलसुधार समितीलाई यस्तो ः

१) संभावित आउन सक्ने जोखिमको आँकलन गरि अहिलेदेखि नै विपद प्रतिकार्य योजना तर्जुमा गर्न र खासगरि गरिव, विपन्न, असहाय, अपागता भएका तथा कोठावासी न्युन आए भएका परिवारह?लाई ध्यानमा राखि तत्कालै सहयोगका लागि कार्य योजना बनाउन टोल सुधार समितिह?सँग सहकार्य गरियोस्, पहल लिइयोस् ।  २) नगर तथा वडाले संचालन गर्ने कोभिड प्रतिकार्यमा टोल सुधार समितिह?को सहभागिता र संलग्नतालाई सुनिश्चित गर्ने कदम चालियोस् । जनताको अर्थपुर्ण सहभागिताले मात्र कुनै पनि विपद्ह?को सामना गर्न थप बल पुग्न जान्छ ।  ३) टोल सुधार समितिह? यस्तो विपद्का बेला कामगर्न क्रियाशिल र अग्रसर एवं इच्छुकह?को सहभागिता र संलग्नतालाई व्यवस्थित पार्ने विषयमा नगरपालिका एवं विभिन्न सरोकारवाला निकायह?ले तत्काल घनिभुत छलफल चलाओस् र जनतासँग छलफल र अन्तरक्रियाबाट अगाडि बढोस् ।  ४) टोल विकास संस्थाह?ले खासगरी सचेतना जगाउने, सुचना आदान प्रदान, प्रवाह, गरिव विपन्न तथा कमजोर वर्गको लगत तथा विवरण राख्न सक्ने हुँदा कोभिडको प्रतिकार्यमा उनीह?को सहभागितालाई महत्वपुर्ण कडीका ?पमा हेरियोस् । यसका लागि वडा तथा नगरले विधुतिय माध्यमबाट तालिम प्रशिक्षण दिने, सुचना आदान प्रदान गर्ने लगायत अन्य सेवाह? प्रदान गर्ने व्यवस्था मिलाओस् ।  ५) आफ्नो टोलमा गर्न सकिने सहयोग एवं कोभिडवि?द्ध लड्नका लागि सवै टोल सधार समितिह?लाई आग्रह गरियोस्, छलफल चलाई वडा र नगरसँग समन्वयका लागि उत्पेरित गरियोस । नाममात्रका टोल सुधार समिति र निष्क्रियह?लाई सक्रिय बनाउने उपाय पहिचान गरियोस् । यस विषयमा नगरले एउटा स्पष्ट नीति तयार गरोस् ।  ६) वडा तथा नगरस्तरमा गठित विपद् व्यवस्थापन समितिमा टोल सुधारको प्रतिनिधित्व नछटाइयोस् । उनीह?लाई आवश्यक पर्ने सरसहयोग, आर्थिक एवं प्राविधिक सहयोगह? नगरपालिकाबाट प्रदान गरियोस् ।  ७) शिक्षा, स्वास्थ्य र आयआर्जन एवं रोजगारीसम्बन्धी कोभिड प्रतिकार्यका योजना तर्जुमा तथा कार्यान्वयन गर्दा निष्पक्ष तथा स्वतन्त्र भई टोल सुधार समितिह?को सक्रिय सहभागिता सुनिश्चित गरियोस् ।  विपद्का बेला टोल सुधार समितिह?ले महत्वपर्ण भुमिका निर्वाह गर्ने भएकाले उनीह?को परिचालन र संलग्नतामा ध्यान दिइ विपद प्रतिकार्यमा उनीह?को अर्थपुर्ण सहभागितालाई सुनिश्चित गर्न ठोस् पहल लिइयोस् । यस पहलमा सघाउन हाम्रो पुर्ण प्रतिवद्धता छ । 

 

Must View