ढोरपाटन गाउँमा बाढी पहिरोको बितण्डा, १४ जनाको शव भेटियो, अझै २४ वेपत्ता रहेका छन्
गलकोट – भाद्र १७ गते बुधबार राती भूजि खोलामा आएको अकल्पनीय बाढीले ढोरपाटनको आधा दर्जन गाउँ नै सखाप बनायो । धेरै वस्तीहरु बगरमा परिणत भए । धेरैको परिवार खोसियो, काख रित्तियो र धेरैलाई घरबार विहीन बनायो । रातको समयमा आएको बाढीमा परेर कोहीले निद्रामै देह त्याग गर्नुप¥यो ।
ढोरपाटन नगरपालिका–७, ८ र ९ का गाउँलाई उजाड बनाएको भूजीखोलाले सबैभन्दा बढी क्षति वडा नं ९ मा पु¥याएको छ । मुख्यगरी फल्लेघर, सुपराङ, भुसुन्डे, सिदु, घट्टेबोट, सेरावाङ, दुनापढेरा, सुकुरर्दुङ, सप्राङ र लाखुरीबोटमा बढी क्षति भएको जनाइएको छ ।
ढोरपाटन –९ देउरालीडाँडाबाट खसेको पहिरो भूजि खोलामा झर्दा बाढीमा परिणत भई बस्तीमा पसेको थियो । बाढीले बगाउँदा हाल सम्म १४ जनाको शव फेला परेको छ भने अझै २४ वेपत्ता रहेका छन् । शवको सनाखत हुँन नसक्दा वेपत्ता मध्येका हुन् अथवा होईनन् भन्ने प्रहरीले एकीन गर्न सकेको छैन ।
केहीले बाढी आएको सूचनाका आधारमा भागेर ज्यान बचाउन सफल भएपनि बाढीले घर, गोठ, पशु चौपाया र ओढ्ने ओच्छाउने बगाएको छ । भेटिएका शव मध्ये सात जनाको मात्रै पहिचान भएको छ । ढोरपाटन ९ बाट सुरु भएको बाढीले वडा नं ८ र ७ मा पनि ठूलो क्षति पु¥याएको छ ।
तेसैगरी बाढीमा ढोरपाटन –९ दुनेपोखरा बस्ने वर्ष १५ को महेन्द्र पुन गम्भीर घाइते भएका छन् । उनीको शरीर र टाउकोमा चोट लागेको छ । यस्तै सोही ठाउँकी २८ वर्षीया सरीता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन सामान्य घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा उपचार भइरहेको ढोरपाटन नगरपालिकाका प्रमुख देबकुमार नेपालीले जानकारी दिनुभयो । बाढीले ३१ घरमा पूर्ण र करिब ७० घरमा आशिंक क्षति पु¥याएको छ ।