नागरिक पोष्ट News


रुपन्देहीको तिलोत्तमा ६,मा नेपाली काग्रेसद्धारा विपन्न ५० घरधुरीलाई खाद्यान्न राहात वितरण 

3.5K

रुपन्देही, तिलोत्तमा ६, नेपाली काग्रेसद्धारा लामो समयको निषेधाज्ञा र लकडाउनका भोकै रहनुपर्ने बाध्यतामा परेका नागरिकलाइ मध्यनजर गर्दै हुनेले दिने र नहुनेले लिन पाउने गरि , अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । नेपाली काग्रेसद्धारा अति विपन्न ५० घरधुरीलाई दाल,चामल,नुन,तेल,तरकारी लगायतका खाद्यान्न सामाग्री राहत वितरण गरेको हो ।  राहात वितरण कार्यक्रममा तिलोत्तमा ६ का वडा का सभापति खगनाथ भण्डारी,त्यस्तै तरुण दल रुपन्देही जिल्ला सदस्य लक्ष्मण गौत्तम त्यसैगरी सुमन वस्याल वडा ६का तरुण अध्यक्ष युवा व्यवसायी तथा काग्रेस युवा नेता कुमार दुवे काग्रेस का युवा नेता गणेश पाठक,कृष्ण भुसाल,देवी न्यौपाने,अजनवी लगायतका काग्रेसका नेताहरुको उपस्थितिमा सो राहत वितरण गरिएको थियो ।  चोक चौराहामा फुड बैँक राख्दा भिडभाड हुने र कोरोना संक्रमणको जोखिम बढ्ने हुनाले सुरक्षा र सावधानी अपनाउदै  घर घरमा खाद्यान्न बितरण अभियान थालिएको हो ।  हुनेले दिएर जाउ नहुनेले लिएर जाउ भन्ने नारासहि फुड बैकमार्फत तिलोत्तमा नगरपालिकाकाभित्र कसैलाई खानकै लागि समस्या नपरोस् भन्ने उद्देश्यले यस्तो किसिमको सामाजिक अभियान सञ्चालन गरिएको लक्ष्मण गौतमले बताए ।

कुमार र लक्ष्मणको पहलमा रुपन्देहीको तिलोत्तमामा ‘घरघरमा खाद्यान्न’ अभियान सञ्चालन

 

कुमार र लक्ष्मणको पहलमा रुपन्देहीको तिलोत्तमामा  ‘घरघरमा खाद्यान्न’ अभियान सञ्चालन

Must View