आज रुपन्देहीको तिलोत्तमा बिपन्न तथा मजदुर ५० घरधुरीलाई बितरण गरिदै
युवा समाजसेवी कुमार दुबे र लक्ष्मण गौतमको पहलमा रुपन्देहीको तिलोत्तमामा फुड बैकमार्फत ‘घरघरमा खाद्यान्न’ बितरण अभियान सञ्चालनमा आएको छ । यस अन्तर्गगत आज मिति २०७७ साल भाद्र १९ गते शुक्रबार ४ बजेदेखि बिपन्न तथा मजदुर ५० घरधुरीलाई घर घरमै खाद्यान्न बितरण गरिने सामाजिक अभियानकर्ता लक्ष्मण गौतमले बताए । लामो समयको निषेधाज्ञा र लकडाउनका भोकै रहनुपर्ने बाध्यतामा परेका नागरिकलाइ मध्यनजर गर्दै हुनेले दिने र नहुनेले लिन पाउने गरि अभियान थालिएको युवा उद्यमी कुमार दुबेले बताए ।
चोक चौराहामा फुड बैँक राख्दा भिडभाड हुने र कोरोना संक्रमणको जोखिम बढ्ने हुनाले सुरक्षा र सावधानी अपनाउदै घर घरमा खाद्यान्न बितरण अभियान थालिएको हो । हुनेले दिएर जाउ नहुनेले लिएर जाउ भन्ने नारासहि फुड बैकमार्फत तिलोत्तमा नगरपालिकाकाभित्र कसैलाई खानकै लागि समस्या नपरोस् भन्ने उद्देश्यले यस्तो किसिमको सामाजिक अभियान सञ्चालन गरिएको लक्ष्मण गौतमले बताए ।