कुमार र लक्ष्मणको पहलमा रुपन्देहीको तिलोत्तमामा ‘घरघरमा खाद्यान्न’ अभियान सञ्चालन
रुपन्देही, तिलोत्तमा, कुमार दुबे र लक्ष्मण गौतमको पहलमा रुपन्देहीको तिलोत्तमामा, ‘घरघरमा खाद्यान्न’ अभियान शुरु भएको छ । लामो समयको निषेधाज्ञा र लकडाउनका भोकै रहनुपर्ने बाध्यतामा परेका नागरिकलाइ मध्यनजर गर्दै हुनेले दिने र नहुनेले लिन पाउने गरि अभियान थालिएको युवा उद्यमी कुमार दुबेले बताए ।
चोक चौराहामा फुड बैँक राख्दा भिडभाड हुने र कोरोना संक्रमणको जोखिम बढ्ने हुनाले सुरक्षा र सावधानी अपनाउदै घर घरमा खाद्यान्न बितरण अभियान थालिएको हो । हुनेले दिएर जाउ नहुनेले लिएर जाउ भन्ने नारासहि फुड बैकमार्फत तिलोत्तमा नगरपालिकाकाभित्र कसैलाई खानकै लागि समस्या नपरोस् भन्ने उद्देश्यले यस्तो किसिमको सामाजिक अभियान सञ्चालन गरिएको लक्ष्मण गौतमले बताए । यो अभियानमा जोडिन चाहने र सहयोग गर्न चाहनेलाइ सहकार्य गर्न तयार रहेको काँग्रेस नेता समेत रहेका युवा ब्यबसायी दुबेले जानकारी दिए ।
यस अभियानलाई तिलोत्तमा ५ का दुबे र तिलोत्तमा ६ का लक्ष्मण गौतमले नेतृत्व गरिरहेका छन् । भोकै हुनेहरुको घरघरमा १० किलो चामल २ किलो दाल १ पोका नुन १ लिटर तेल र ६ पिस साबुन दिइएको छ ।
यहि खानाका लागि समस्या भएमा तपाइहरुले कुमार दुवे ( ९८१७४५६९०४ र लक्ष्मण गौतम ( ९८५७०४२७७६ लाइ सम्पर्क गरेर सहयोग लिन उनीहरुको अनुरोध गरेका छन् ।