नागरिक पोष्ट News


Youth Voice, यसकारण म लकडाउन मान्दिन: लक्ष्मण गौतम

2.5K

- समाचार टिप्पणी

कोरोना भाइरस विश्व महामारीको रुप हो, सामाजिक दुरी कायम राख्नुपर्दछ । लकडाउन गर्नुपर्दछ, भ्याक्सिन तत्काल बन्दैन, यसको असर २ वर्षसम्म रहन्छ भन्ने कुरा डब्लुएचओको भनाई हो । भाइरसको बारेमा डब्लुएचओले अध्ययन अनुसन्धान मात्र गर्दैछ । आम नागरिकले यही आशंक गरिरहेका छन् । यो संस्था विश्वका शक्तिसम्पन्न देशहरुको सहयोगमा खोलिएको संस्था हो । कोरोना भाइरसकै कारण चीन र अमेरिकाबीच आरो प्रत्यारोपहरु भए । अन्ततः अमेरिकाले डब्लुएचओलाई दिने सहयोग बन्द गर्यो ।  कोरोनाको भाइरसको असर विकसित भन्दा बिकासोन्मुख देशहरुमा नराम्ररी परेको छ । धनीहरु यो महामारीले गरीब हुदैनन्, सडकमा आउदैनन् । केही बिलियन रकम उनीहरुको घट्ला तर मजदुर वर्ग र हुँदा खानेहरुको अबस्था दर्दनाक र भयावह छ । न त राज्यले राहत दिन्छ न त काम गरेर नै खान पाउँछनन् । भोकभोकै मर्ने अबस्था छ । कोरोना भाइरसभन्दा अरु ठूला ठूला रोगहरु विश्व समाजमा छन् । अहिले ती सबै कोरोनाका पर्दा पछाडी छन् । कोरोना सबैको अगाडी बाघ बनेर आएको छ । घर समाजमा रहदा स्वास्थ्यका हिसाबले सदैव सावधानीका उपायहरु अपनाउनैपर्दछ । 

म लकडाउन मान्दिन: लक्ष्मण गौतम

१- यहाँ कोरोना लागेर कोही मरेको छैन । कोरोनाको लक्षण देखिएको वा कोरोना सँकमण भनिएको आतंकमा उपचार नपाएर बिभिन्न रोगबाट तपाई हामी मर्ने वातावरण श्रीजना गरिएको छ ।

२- कसैलाई तपाई हाम्रो मृत्‍युलाई कोरोनाको नाम दिएर WHO बाट पैसा खान छ , कसैलाई लकडाउनको नाममा World Bank बाट पैसा खान छ , कसैलाई कोरोना परिक्षणको नाममा तपाई हामीलाई घर घरबाट थुतेर पैसा कमाउन छ , कसैलाई कोरोनाको डरमा तपाई हामीलाई घर भित्र थुनेर भ्रष्ट्राचार गर्नु छ । यदी यस्तो हुन्थेन भने राज्यको प्राथमिकतामा बिषालु सर्प होईन र भेन्टीलेटर पर्ने थियो , सत्तापक्षको प्राथमिकतामा मन्त्री हेर फेर होईन डाक्टर , नर्स र स्वास्थ्यकर्मी पर्ने थिए ।

३- लकडाउनको नाउमा तपाई हामीलाई ६ महिना देखी घर भित्र थुनि रहदा तपाई हाम्रो गास , बास , कपास स्वास्थ्य र ब्याजको जिम्मा के राज्यले लिएको छ ? भोली तपाईं हाम्रो धितो लीलामी नहुने जिम्मा कसले लिन्छ ?

४- कोरोनाका कारण मृत्‍यु हुनेको प्रतिशत ०.९५ भनिएको छ तर यदी यही परिस्थिती रहि रहने हो भने ९०% जना झुन्डिन पर्ने अवस्था आउछ ?

५- दैनिक ज्याला मजदुरी गरेर खाने लाखौ तपाई हामीलाई राज्यले के एक गेडा चामल र एक मुठ्ठी दाल दिएको छ ? के हामीले कर नेतालाई गाडी चढाउन र तलव भत्ता खुवाउन मात्र तिरेको हो ? तसर्थ सजक रहौ , सावधानी अपनाउ तर लकडाउनको बिपक्षमा उभिउ होईन भने तपाई हाम्रो मृत्‍युको कारण कोरोना होईन भोक हुने छ , गरिवी हुने छ , अभाव हुने छ।

(धनीलाई धनी होइन, गरीबको जीवन बचाउने हो भने यो लकडाउन र निषेधाज्ञा यसकारण गर्नुहुदैन भन्ने लक्ष्मण गौतमको युथ आवाजलाई सन्दर्भ विशेषको रुपमा स्थान दिएका हौ । )

Must View