नागरिक पोष्ट News


नयाँ मोडालिटीमा निषेधाज्ञा, कुन कुन क्षेत्र खुल्ने हेर्नुहोस् (सूचनासहित)

1.8K

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याइएको छ । 

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बुधबारको बैठकले संक्रमणको जोखिम बढ्दै गएकोले थप एक हप्ता निरन्तरता दिनुपर्ने निर्णय गरेको तीनै जिल्लाका प्रजिअबाट जारी भएको सूचनामा उल्लेख गरिएको छ। 

निषेधाज्ञाको मोडालिटीमा थोरै परिवर्तन गरिएको छ। बिहान ११ बजेसम्म किनमेल र हिडडुलका लागि खुकुलो गरिएको छ। बैंकलगायतका नियमित सेवा प्रदायक संस्थाहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखेर सेवा दिन सक्ने व्यवस्था मिलाइएको छ। तर  होटल, रेष्टुरेन्ट, फुटपाथ पसल भने पूर्ण रूपमा बन्द गरिनेछ। उपत्यका नगरपालिका फोरमले थप एक हप्ता निषेधाज्ञा गर्नुपर्ने सुझाव तीनै सिडिओलाई दिएको थियो। 

निजी क्षेत्रका कार्यालय संचालन तथा अत्यावश्यक सेवा संचालन गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने दबाब सबैतिरबाट आएकोले निषेधाज्ञालाई केही खुकुलो बनाउनेबारे गृह मन्‍त्रालयमा छलफल गरिएको हो।  

 

Must View