नागरिक पोष्ट News


घर परिवारको सदस्यलाई कोभिद् हुँदा के भयो यस्तो

3.1K

एकाएक गल्लिमा उभिरहने मान्छेहरू हेर्दाहेर्दै गायब हुन थाल्यो। बाटोमा हिंडिरहेको देख्दा फनक्क फर्केर अाफ्से अाफ मान्छेहरू कता लुके कता। वरिपरि सामाजिक सन्जालमा हल्ला फिजियो किलागल 18 वडामा कोरोना लाग्यो रे।त्यो बाटो र गल्लिवाट नहिंड्नु है कोरोना लाग्ला। हाम्रो घर जानेवाटोमा सुनसान छ। मान्छेलाई कोभिड् १९ को राम्रो चेतना अाएको मलाई महशूस हुन्छ। किलागल, नरदेवी , ताम्सिपाखा , देक्व सबै सिल गर्ने रे। सामािजक सन्जाल हुँदै दैनिक थुप्रै फोन अाउन थाल्यो। एकान दुईकान मैदान। छरछिमेक सबैलाई हैदान। समस्या कहाँ छ हल्ला कहाँ छ।

वास्तवमा काठमाडौं महानगर पालिकाको १८ वडा थोरै संक्रमण भएको वडा हो। भाद्र १६ गते सम्म ५ जना संक्रमित फेला परेको छ यहाँ। काम विशेषले अफिसमा काम गरी फर्कंदा माइलो भाइले थोरै ज्वरो अाएको कुरा मलाई सुनाएको थियो। ईन्द्रजात्राको सांस्कृतिक कार्यक्रमका बिषयमा माईलो र साईलो दुई भाईको १० मिनेट जतिको छलफल पछि एकाएक साईलो भाईलाई पनि ज्वरो अाएको महशूस भयो। कतै यो कोभिद संक्रमण होकि भन्ने शंकाले वीर हस्पिटलमा चेक गर्न जांदा परिवारका ४ जनालाई संक्रमण भैसकेको थाहा लाग्यो। संक्रमण पुस्ति हुनु अघि नै हामीले घर भित्र isolation मा रहन सुरू गर्याैं। म लगायत घरमा सबैजना अलग अलग रहन थाल्याैं। भाईहरू पनि सबै अाईसोलेसनमा बस्ने काम भयो। घरमा अामालाई संक्रमणवाट जोगाउनु मुख्य कुरा थियो। संक्रमण भएका चारैजनालाई सुरूमा ९९ को ज्वरो थियो। बुहारी नानीलाई धुलोको ईन्फेक्सन भएकोले तीन दिन सम्म १०२ को ज्वरो रह्यो। अरू सबैजनामा साधारण रूघाखोकी बाहेक अरू समस्या हाल सम्म रहेन। हामीहरू अाअाफ्नै कक्षमा रह्याैं। बसने कम्पाउण्ड बाहिर अानाजाना बन्द गरयाैं। वीर हस्पिटलवाट स्वस्थ्य मन्त्रालय हुँदै संक्रमण पुस्ति भएको खवर वडाध्यक्षको मा अाईपुगेछ।२०७७ भाद्र ७ गते साँझ वडा अध्यक्षको फोन अायो। के छ खबर? भाईको वारे यसो खबर अाएकोले सोधेको। के छ अबस्था ? हामी स्वस्थ्य कर्मि सहित लिएर भोलि विहान १० बजेतिर अाउँछाैं। ट्रेसिङ् गर्नु पर्छ कि विचार गराैंला भन्नू भो। मैले पनि भएको र गरेको सवृतान्त कहें। मेरो काहींलो भाई देक्व टोल विकास समितिको अध्यक्ष भएकोले वरिपरि सुचना सम्प्रेसन गर्ने र अाबस्यक कुराहरू छिमेकीहरूको सहयोगमा सपिङ् गरिदिने काम भैरह्यो। छिमेकिले यस्तो महामारीमा जुन सहयोग र तदारूकता देखायो त्यसका लागि म धेरै धन्यवाद दिन चाहन्छु। नभन्दै देको टोलमा ट्रेसिङ् गर्ने र पि सि अार टेष्टगराउने निर्णय वडाले गर्यो। भाद्र १२ गते कन्ट्र्याक्ट ट्रेसिङ को अाधारमा असी जना लाई पि सि अार टेष्टलिने काम भयो। त्यसमा देको टोलको हाम्रो परिवारको मात्र ट्रेसिङ्म मा परेको थियो त्यो पनि एउटैदघर कम्पाउणड भएकोले। छिमेकी कसैलाई जरूरी देखिएन। यतिन्जेल हामी सबैलाई मानसिक रूपमा कोरोना संक्रमित भएको जस्तै अनुभव थियो। तातो पानीको निकै प्रयोग गरियो। दाजुभाईमा भेटघाट बन्द। मात्र हामी फोनवाट अबस्थाको जानकारी गराइरहन्थ्याैं। भाद्र १६ गते पि सि अार को रिजल्ट प्रकाशित भयो। परिवारमा सबैजनाको नेगेटिभ रिजल्ट अायो। सुरू मा संक्रमित भएका चार जनाको पनि अब २०, २२ दिन भए पछि पून परीक्षण गराउंछाै। अबस्था हेर्दा सबैजनाको नेगेटिभ अाउने अाशा गर्दछु ।परिवार र समाजका कसैले पनि कोरोनाको क्षति भोग्न नपरोस् भनी भगवान संग प्रार्थना गर्दछु। समाजमा सामाजिक मेडियाले कोभिड् १९ को बारे नकारात्मक बढी चर्चा गर्ने, सम्बन्धित निकायलाई काम नगरेको टिप्पनि गर्ने, मरेका र विरामी परेका दृष्यहरू धेरै देखाउने कारण सबैजनामा चेतना त अायो नै तर बढि नै समाज त्रसित बनेको छ। चाईनामा देखाएको जस्तो सारै धेरै कडाई गरेर उपचार गर्नु पनि हाम्रो देशमा संभव छैन। कसैको घरमा ज्वरो, रूघा खोकि भएमा अलग बसेर अरूलाई सर्न नदिनु मुख्य उपचार हो। पि एम ओलीज्युले नेपाली भान्छा उपचार केन्द्र हो भनेको कुरालाई मैले व्यवहारिक रूपमा हो रहेछ भन्ने अनुभूति गर्दैछु। एउटा घरमा संक्रमित छ भने त्यहि घरको अरू कोठाहरूमा सुरक्षित साथ अरू मान्छे बस्न सकिन्छ। साैचालयको प्रयोग अलग हुनु पर्छ। मास्कलगाएर हामीहरू दुई तीन मिटर दुरीमा बसेर थोरै कुरा गर्दा यो सरिहाल्ने होईन रहेछ। एउटा घरमा संक्रमित छ भन्दैमा घर, टोल सील पनि गर्नु पर्दैन। बाटोमा हिंडेको भेट्दैमा पनि सर्छ भन्ने हुंदैन। मुख्य कुरा विरामीले अरूलाई नसरोस् भनेर सजगता अपनायो भने समाज यो रोगबाट मुक्त हुन्छ। किलागल, नरदेवी, ताम्सिपाखा ठाउहरूमा कोरोना अाएको खबर भ्रामक हो। कुनै घरमा संक्रमित हुंदा टोल , छिमेकि छि छि र दुर दुर गरि हिंड्ने होईन। हाम्रो देको टोल समाज जस्तै सहयोगि भयो भने संक्रमितलाई अात्मबल बढ्छ। अरूले कुरा कात्लान् भनेर लुकाएर राख्नु चैं हुंदैन। एउटा कुरा थोरै सितामोल, भिटामिन सि , फलफुल, थर्मो मिटर अादि घरमा राखिछोड्न चैं नभुल्नु होला। अन्तमा तातो एक गिलास पानी पिउंदै अहिलेलाई बाई बाई।

Must View