नागरिक पोष्ट News


अदितीले गायक राहुलसँग एक पञ्जाबी गीतमा

2.1K

तीन वर्ष अगाडि प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकीले एक पञ्जाबी गीतमा अभिनय गरेकी छन् । ‘रुसिया लग्दानी’ बोलको गीतमा गायक राहुल लखनपालको स्वर छ । गीतको भिडियोमा अदितीले गायक राहुलसँग रोमान्स गरेकी छन् । यूट्युब रिलिजको चार दिनमा गीतलाई १९ लाखभन्दा बढी भ्यूज मिलिसकेको छ ।

गीतले राहुलको आदितीप्रति प्रेम, आशक्ति तथा समर्पण व्यक्त गर्छ । ३ सेकेण्ड २८ सेकेण्डको भिडियोमा अदितीलाई पर्याप्त ‘स्क्रिन स्पेश’ दिइएको छ । दर्शकहरुले उनको अभिनय रुचाएका छन् । २ हजारभन्दा बढी कमेन्टमा उनको सुन्दरताको प्रशंसा गर्ने पनि धेरै छन् । वर्षौंदेखि भारतमा बस्दै आएकी उनी यो गीतले आफूलाई दर्शकको ठूलो वर्गमा चिनाउनेमा विश्वस्त छिन् । 

‘कृ’ पछि मुम्बई हानिएकी उनले यसअघि पनि केही भारतीय म्यूजिक भिडियोमा काम गरिसकेकी छन् । गत वर्ष उनले बलिउड अभिनेता तथा गायक फरहान अख्तरले निर्माण गर्ने वेव सिरिज ‘इनसाइड एज २’ मा अभिनेता विवेक ओवरोयसँग काम गर्ने खबर बाहिरिएको थियो । तर, यो सिरिज अहिलेसम्म निर्माण हुन सकेको छैन । गएको पाँच महिनायता भने अदिती नेपालमा छिन् ।

‘कृ’ फेम्ड निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा काम गर्नका लागि उनी लकडाउन हुनुभन्दा अगाडि नेपाल आएकी थिइन् । त्यसको केही दिनमा देश लकडाउन भएपछि फिल्म फ्लोरमा जान सकेन । यो चलचित्रमा उनले चर्चित गायक नितेशजंग कुँवरसँग रोमान्स गर्दैछिन् । प्राप्त जानकारी अनुसार, अदिती यो चलचित्रको छायांकन भ्याएपछि मुम्बई फर्किने छिन् ।

Must View