नागरिक पोष्ट News


नेपाल आईडल ईतिहासको पहिलो महिला बिजेता सज्जालाई सेलिब्रेटिको सुभकामना

1.6K

नेपाली गायनको ईतिहासमा टेलिभिजन रियालिटी शोको अन्तर्राष्ट्रिय फ्रेन्चाईज ‘अमेरिकन आईडल’ को नेपाली सस्करण हो ‘नेपाल आईडल’ जस्तो तेश्रो सिजन सम्पन्न भएको छ । जसबाट नेपाल आईडलको ईतिहासमा पहिलो पटक महिला प्रतिष्पर्धी बिजेता हुन सफल भएको छ । उक्त नाम हो सज्जा चौलागाईं । उनले बिजेताको उपाधी संगै ५० लाख नगद पुरस्कार समेत पाएकी छन् । कोरोना महामारीका कारण केही समय रोकिएको आईडलको शोहरु केही साता अघिबाट मात्रै सुरु भएको थियो । यतिबेला सामाजिक संजाल तथा मिडियाहरुमा सज्जाको चर्चा परिचर्चा चलिरहेको छ ।

नेपाल आईडलको तेस्रो सिजनमा आईपुग्दा महिला प्रतिष्पर्धी बिजेता हुदा धेरैले विशेष रुपमा हेरेका छन् । उनलाई उनको फ्यानहरु देखि चर्चित कलाकारहरूले समेत आफ्नो सामाजिक संजालहरुबाट बधाई तथा सुभकामना दिइरहेका छन् । गायक राजेश पायल राई, रामकृष्ण ढकाल, अभिनेत्री रेजिना उप्रेती, वर्षा राउत, पुजना प्रधान, हास्यकलकार कुमार कट्टेल, फिल्म निर्माता अशोक शर्मा लगायतले उनलाई सुभकामना दिएका हुन् ।

तर, यसपटक बिजेता घोषणा भिन्न भैदिएको छ । कोरोनाको कारण स्टुडियोमै सामान्य रुपले गर्नलाई खुम्चिएको फाईनल कार्यक्रममा बिजेता घोषणा गर्नेबेला उद्घोषक, निर्णायक, बाध्यबाधक लगायत टिमका कोहि पनि उपस्थित थिएनन् । कारण हो, ग्रान्ड फाईनलका सबै कार्यक्रम छायांकन सकिएपछि नेपाल आईडल टिम भित्रैको एकजनामा कोरोना पोजेटिभ भएको पुष्टि भयो । जसका कारण रिजल्टको लाईभ प्रभावित भयो । तर दर्शकको व्यग्र प्रतीक्षालाई ध्यानमा राख्दै अन्नपूर्ण मिडिया नेटवर्कका क्याप्टेन रामेश्वर थापाले जर्जको निर्णय र दर्शकको भोटका आधारमा बिजेता तथा उपबिजेताहरु घोषणा गरेका थिए ।

Must View