नागरिक पोष्ट News


कोरोना परीक्षणको शुल्क घट्यो, अब तीन खाले मानिसको मात्र निःशुल्क परीक्षण सरकारले गर्ने

2.5K

स्वास्थ्य मन्त्रालयले अब तीनवटा मापदण्डका आधारमा मात्र कोरोनाभाइरसको निःशुल्क परीक्षण गर्ने निर्णय गरेको छ।

आवश्यकभन्दा अनावश्यक रूपमा धेरै मात्रामा परीक्षण हुन थाल्यो कि भनेर परीक्षणको व्यवस्था पुनरावलोकन गरिएको अधिकारीहरूले जनाएका छन्। सरकारले निशुल्क परीक्षण गर्ने व्यवस्था रहेकाले कतिपयले आशङ्काकै भरमा परीक्षण गराउन खोज्ने र भनसुन बढी हुने गरेका खबरबीच मन्त्रालयले नयाँ निर्णय लिएको हो।

तीन प्रकारका व्यक्तिबाहेक अन्य व्यक्तिले परीक्षण गराउन चाहेमा शुल्क तिर्नुपर्ने छ। शुल्क लिएर परीक्षण गर्न ११ वटा निजी अस्पताललाई अनुमति दिइएको छ। 

त्यस्तै उपत्यकाका तीनवटा र अन्य छवटा प्रदेशमा छवटा सरकारी अस्पतालमा पनि शुल्क तिरेर परीक्षण गराउन सकिन्छ।

अब अधिकतम कुल ४,४०० रुपैयाँ लिएर परीक्षण गर्नुपर्नेछ। यसअघि ५,५०० रुपैयाँमा सेवा शुल्क थप गरी लिन पाउने व्यवस्था थियो।

परीक्षणको अनुमति प्राप्त निजी र सरकारी दुवैथरी अस्पतालमा घटाइएको शुल्क तिरेर परीक्षण गराउन सकिने छ।

Must View