देशभर १०६९ जना संक्रमित थपिए, उपत्यकामा ४८१
1.2K
१६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० छन् ।
यससँगै कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । उनीहरुमध्ये २३९ जनाको मृत्यु भएको छ भने २२ हजार १७८ जना कोरोनामुक्त भएका छन् ।