नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १०जना मात्रै - स्वास्थ्य मन्त्रालयको रिपोर्ट
2.7K
काठमाडौं । नेपालमा कोरोनाकै कारण १० जनाको मात्र मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा सबैभन्दा बढी प्रदेश २ मा सातजना छन् । कोरोनाभाइरस (कोभिड)बाटै मृत्यु भएकाहरुको ३० देखि ४० वर्ष उमेर समूहमा चारजना पुरुष ६५ देखि ८० वर्ष उमेर समूहमा तीनजना पुरुष छन् ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको डाटाअनुसार कोरोनाबाहेक उच्च रक्तचाप, निमोनिया, क्यान्सर तथा दमका रोगी, लामो समयदेखि सुख्खा खोकी, श्वासप्रश्वासमा समस्या,मधुमेह, नसा सम्बन्धी समस्यालगायतका कारण देखाएको छ ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको रिपोर्टमा जम्मा १० जनाबाहेकको मृत्युको कारण अन्य भएको उल्लेख छ । कोरोनाले नेपालमा अहिलेसम्म २२८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालय भन्छ– नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १० मात्रै, बाँकीमा थियो कोरोनाबाहेकका रोग !