नागरिक पोष्ट News


सोह्र श्राद्ध : पितृ पक्ष २०७७ को भदौ १७ गतेदेखि, कुन तिथि कतिबेला उत्तम छ हेर्नुहोस्

2.8K

यस वर्ष  २०७७ को  पितृ पक्षसमेत भनिने सोह्र श्राद्ध भदौ १७ गते बुधबारदेखि शुरु हुँदैछ । बुधबार प्रतिपदा तिथिको श्राद्ध दिउँसो १ः१७ बजेदेखि ३ः४९ सम्ममा पिण्डदान गर्ने गरी निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मणलगायत पूजा तोकिएको समयअघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

भदौ १८ गते बिहीबार द्धितीया तिथि श्राद्ध दिउँसो १ः१७ देखि ३ः४८ सम्म दिइएको छ । भदौ १९ गते तृतीया तिथि श्राद्धको समय पनि १ः१७ देखि ३ः४८ सम्म छ । यस वर्ष भदौ २० गते शनिबार कुनै पनि तिथिको श्राद्ध नहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पञ्चाङ्ग ९पात्रो० मा उल्लेख छ । चतुर्थी तिथि श्राद्धको समय भदौ २१ गते आइतबार दिउँसो १ः१६ देखि ३ः४६ सम्म गर्नुपर्नेछ ।

पञ्चमी तिथि श्राद्ध भदौ २२ गते सोमबार पनि दिउँसो १ः१६ देखि ३ः४६ सम्ममा गर्नुपर्नेछ । षष्ठी तिथि श्राद्ध भदौ २३ गते मङ्गलबार १ः१५ देखि ३ः४५ सम्ममा गर्नुपर्नेछ । सप्तमी तिथि श्राद्ध भदौ २४ गते बुधबार १ः१५ देखि ३ः४४ सम्ममा गर्नुपर्नेछ । अष्टमी तिथि श्राद्ध भदौ २५ गते बिहीबार दिउँसो १ः१४ देखि ३ः४३ सम्ममा गर्नुपर्ने शास्त्रीय विधि छ ।

नवमी तिथि श्राद्ध भदौ २६ गते शुक्रबार दिउँसो १ः१३ देखि ३ः४२ सम्ममा गर्नुपर्नेछ । दशमी तिथि श्राद्ध भदौ २७ गते शनिबार १ः१३ देखि ३ः४१ सम्ममा गर्नुपर्नेछ । एकादशी श्राद्ध भदौ २८ गते आइतबार १ः१२ देखि ३ः४० सम्ममा गर्नुपर्ने जनाइएको छ । द्वादशी तिथि श्राद्ध भदौ २९ गते सोमबार पनि १ः१२ देखि ३ः४० सम्ममा गर्नुपर्नेछ । त्रयोदशी तिथि श्राद्ध भदौ ३० गते मङ्गलबार १ः११ देखि ३ः३८ सम्ममा गर्नुपर्नेछ ।

यसैगरी चतुर्दशी तिथि श्राद्ध भदौ ३१ गते बुधबार पनि १ः११ देखि ३ः३८ सम्ममा गरिसक्नुपर्ने सम्पादक पन्तले बताउनुभयो । औँसी तिथि श्राद्ध असोज १ गते बिहीबार दिउँसो १ः१० देखि ३ः३७ सम्ममा गरिसक्नुपर्नेछ । अपराह्नकाल पारेर पिण्डदान नगरेमा श्राद्ध गरेर पाइने फल पाउन नसकिने शास्त्रीय प्रमाण छ ।

अपराह्नकालमै गर्नुपर्ने सोह्र श्राद्ध प्रारम्भ - The Times of Nepal - TON

Must View