नागरिक पोष्ट News


म कम्पुटर ईन्जिनियर :तर के गर्नु म कम्प्युटर गेम छोड्नै सक्दिन

4.5K
- नातिकाजी महर्जन, प्रिन्सिपल ज्ञानोदय माध्यमिक बिद्यालय

सानो छंदाको मेरो स्वभाव र व्यवहारसंग अहिले पटक्कै मेल खाँदैन। अहो म कसरी यस्तो भएछु। घरको, छरछिमेक, टोल समाजको खासै महत्व भएझैं लाग्दैन। मेरो धेरै साथिहरू पनि छैन। छरछिमेकसंग हिंड्ने, डुल्ने, खेल्ने अहं केही छैन। बाहिरको कुरै छोडौं घर भित्र पनि मलाई खासै कसैको मतलब छैन। सानो छंदा बुवा घर नहुँदा मलाई सारै पिर पर्थ्यो। कहाँ जानू भयो, किन आउनु भएन, कताअल्मलिनु भयो होलारु बाटोमा केही भै हाल्यो भने १ यस्तै चिन्ताले आमासंग घण्टौं बसेर बुबाको पिर गर्थें। अझ आमा पनि बाहिर जानू भएको दिन त तातो पानी खन्याए जस्तै हुन्थ्यो।घरमा मेरो मुख्य साथि दिदी , वहाँले मलाई धेरै माया गर्नु हुन्थ्यो। आमाबुबा बाहिर जानू भएको बेला दिदिसंग पढिरहन्थें। मेरो डिमाग अलि छिटो बुझ्ने खालको थियो।मलाई धेरै घोकेर पढ्नु पर्दैनथ्यो। धेरै मेहनत गर्ने बानि पनि मेरो खासै छैन। स्कुलमै छँदा साथिहरूले मोवाईल फोनको कुरा गरेको सुन्थें । मलाई पनि यो फोनको सारै चाहाना भयो। मैले फोन किनिदिन घरमा सारै जिद्दि गरें। मोवाइल नदिए सम्म म खाना खाँदिन, पढाइ गर्दिन, होम वर्क गर्दिन ईत्यादि तरिकाले जिड्डि कसेपछि मोवाइल फोन आई पुग्यो। अब मैले सोचें, अलिअलि आफ्नो ईच्छा पनि पूरा गर्छु पढाइ पनि राम्रो गर्छु।

मोवाईल प्रयोग पछि मेरो दिन चर्या मैले सोचेको भन्दा फरक हुन थाल्यो। घरमा बुबा, आमा र दिदी सबैजना बाहिर काममा गए हुन्थ्यो। म दिल फुलाएर मोवाइलमा खेल्न पाउँथें। त्यसैले एकान्तको खोजी र त्यहि मौकामा खुल्डुलि मेटाउन म हरबखत मौका खोजिरहन्थें। मेरो स्वभाव र व्यवहार यहिंवाट परिवर्तन भयो। घरवाट सबैजना बाहिर जाने काम पर्दा पनि निहु पार्दै रिसाउथें र आफु नगईकन रिस देखाउंदै एक्लै बस्ने मौका खोज्थें। मेरो त मोवाईल फोन भित्र धेरै रमाईलो हुन थाल्यो। सुरूमा त साना तिना गेम खेल्थें। पछि हुँदै मैले त्यस्तै साथिहरू संग नयाँ नयाँ कुराको खोजि गर्न थालें। घर,छिमेक, टोल बजार र समाजको कामबाट म अलगिन थालें। गर्ने मन त हुन्थ्यो तर मेरो ध्यान् त्यतै मात्र। सक्षमता विकासको काममा पनि सहभागी हुन्थें तर मेरो क्षमता अनुसार मेरो सिकाईमा खासै चमक हुँदैनथ्यो। मैले धेरै नै अवसरहरू गुमाउंदै गएं। क्ीऋ पछि पनि विज्ञान विषय लिएर पढें । खासै मेहनत गरिंन। मैले जाँच अगाडि मात्र थोरै टालटुल गरेको भरमा पास गर्थें। बुबाले भन्नू हुन्थ्यो मेरो डिमाग एकदम तगडा छ। यति थोरै पढेर त पास गर्न सक्नेले अलि बढि पढेका भए कति राम्रो हुन्थ्यो।

समय विट्दै गयो। कलेजमा पनि मैले कम्प्युटर विसयमा भर्ना भएं। मेरो वानिमा सुधार भएन। मलाई घरका मान्छेसंग अचेल खुब रिस उठ्छ। बुबा, आमा, दिदी घर भित्र हुनु नहुनुको मतलब छैन।तिनिहरू मरून वाचुन सरोकार छैन। म कम्प्युटर गेममा यति लठ्ठी सकेको छू , यो पनि जुवातास खेल्ने जुवाडे जस्तै हुने चिज रहेछ। अचेल म बुबाको अगाडि निर्धक्क संग गेम खेल्छु। बुबा उभिएर चिन्तित मुद्रामा हेरिरहनु हुन्छ, तर म वास्तै गर्दिन। खाना खाने टाईममा संगै खाने मेरो चलन छैन। हरेक दिन राति ज्ञद्द, ज्ञ बजेसम्म खेलेरै समय जान्छ। विहान जरूरि काम छुट्छ। ढ,ज्ञण् बजेितर उठ्छु। घरमा परिवारसंग खासै केही कुरा हुंदैन। गरिहाल्यो भने पनि मेरो धैर्यता हुंदैन एकै छिनमा रिसाउंछु आफु समुहबाट अलग भैहाल्छु।

अचेल म कम्प्युटर विषयनै लिएर डिग्री पढ्दैछु। कम्प्युटर कै अफिसमा काम पनि गर्छु। म त्यस्तो नराम्रो मान्छे पनि होईन। तर के गर्नु म कम्प्युटर गेम छोड्नै सक्दिन। अनलाईन पढ्दा पढ्दै गेम खेल्छु। अफिसको काम गर्दै गेम खेल्छु। के गर्नु यो ठिक भएन भन्ने पनि मलाई थाहा छ । तर मलाई यसैको लत परेको छ। गेम मैले यति खेलें अहो भनी साध्य छैन। जेनटेन पढाइ पनि अहिले सम्म टिकाएं । खोइ अब डिग्री कोर्स त गारो होला जस्तो छ। कम्प्युटर गेम पनि अचम्मै अहिले त झन नयाँ नयाँ सारै छोड्नै नसकिने पो छ त।

मैले धेरै सोचें । यसैमा मात्र लागेर म धेरै बिग्रें। अब त छोडेर म चमत्कार गर्छु। यस्तै मैले के सोचेको मात्र मेरो मन परिबर्तन भयो। बिस्तारै मैले खेल्न कम गरें। मेरो साथिहरू मलाई अनलाइन आउन, गेम खेलन भनेर फोन आएको आई हुन थाल्यो। कति साथिहरू म संग रिसाएर बोल्न छोडे। तर मलाई भने त्यो वालपनको याद् हुन थाल्यो अब। बेला बेला मेरो आँखा रसाउने गर्दथे। मैले धेरै ढिलो गरिसकेको रहेछु। म परिवारसंग नजिकिन थालें। खेल्नु सट्टा परिवारसंग बैठक छलफल गर्न थालें। बुबा, आमा, दिदी र आफन्तहरू मसंग अहिले निकै खुशि छन्। घरको मात्र नभएर छिमेकि, टोल समाज, सबैलाई अचेल मै चाहिन्छ। म नभए पछि कामै रोकिने। अहो अचेल मलाई बुबा एक छिन नदेख्दा चिन्ता लाग्छ। दिदी त्यस्तै । भाइलाई एक छिन नदेखे पछि खोजिखोजि भेट्न आउँछन्। आमाको धेरै काम म सघाउंछु। आमाको खुशी देखेपछि मलाई छुट्टै आनन्द आउछ। वाउ, अहिले मैले छुट्टै संसारको कल्पना गरेको छु चाँदै पूरा हुने वाला छ। डिग्री पढाइ पनि मेरो एक दम राम्रो भयो। साथिहरू म संग कति खुशि छन्। सब जना उनिहरू पास हुनुमा मेरो ठूलो सहयोग भएको भनेर धन्यवाद दिईरहन्छन्। अफिसमा नि त्यस्तै अलि जरूरी भए पछि मैले नै गरनु पर्ने। म कस्तरी बिग्रिसकेको थिएं आज यो सुन्दर संसार मैले पाएं। म अत्यन्त खुशी छु। कहिले काहिं गेम खेल्छु तर खासै रहर छैन।

Must View