नागरिक पोष्ट News


काठमाडौं तारकेश्वरमा कोरोना संक्रमितको संख्या ११५ पुग्यो, संक्रमित कुन कुन ठाउँका हेर्नुहोस्

2.5K

 - सुशान्त न्यौपाने

काठमाडौं । तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ११५ पुगेको छ । तारकेश्वर नगर स्वास्थ्य साखाकोअनुसार जसमा ५१ महिला र ६४ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या १४ महिला र १४ पुरुष गरी २८ जना रहेका छन् ।

अहिलेसम्म १ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या महिला ३७ र पुरुष ४९ जना गरी ८६ जना पुगेका छन् । त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या ४, वडा नं. २ मा६ जना १ जना निको भइसकेका छन् । वडा नं. ३ मा २ जना, वडा नं. ४ मा १० जना जसमा २ जना निको भएका छन् ।

त्यस्तै वडा नंं. ५ मा १५ जना जसमा ७ जना निको भएका छन् । वडा नं. ८ मा १४ जना ४ जना निको भएका छन् । वडा नं. ९ मा १० जना, वडा नं. १० मा ३८ जना जसमा १३ जना निको भएका छन् । वडा नं. ११ मा १६ जना १ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

तारकेश्वर नगरपालिकाका स्वास्थ्य साखा प्रमुख जनार्दन अधिकारीका अबको केही दिनमै साङ्लाको आइसोलेसनमा बिरामी राख्ने तयारी भइरहेको बताउनुभयो । ५ प्रतिशत काम हुन बाँकी भएकाले बिरामी राखेका छैनौं, छिट्टै राख्ने तयारी भएको छ । नगरपालिकाले अहिले श्वाब संकलन कार्य बढाएको छ । तारकेश्वर नगरपालिकामा ६२१ जनाको आजसम्म पिसिआर परिक्षण भइसकेको छ ।

https://www.farakpatra.com/

Must View