नागरिक पोष्ट News


‘एकजनाले तीनहजारसम्मलाई कोरोना सार्न सक्छ’- वक्ता डा जागेश्वर गौतम

1.6K

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को अहिले बढदे सङ्क्रमणका कारण नेपालीको स्वास्थ्य सेवा नै अप्ठ्यारोमा परेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दैनिक बढिरहेको सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्न सीमित साधन स्रोतले गर्नुपरेकाले अप्ठ्यारो परिस्थितिसँग जुध्नुपरेको बताएका छन्।

उनले कोभिड–१९ को सङक्रमणबाट समाजलाई बचाउनु सबैको दायित्व रहेकाले सबैले यस कठिन परिस्थितिलाई बुझेर आआफ्नो तर्फबाट रोकथाम र नियन्त्रणका लागि गर्न सकिने सहयोग गर्न अनुरोध गरे। उनले सरकारले आफ्नो स्रोत साधनले भ्याएसम्म राम्रो सेवा प्रदान गर्न खोज्दा खोज्दै पनि कतिपय बेलामा सङ्क्रमितको अपेक्षा पूरा नभएको बताए। एक जना सङ्क्रमित व्यक्तिले तीन हजार व्यक्तिसम्म सङ्क्रमण फैलाउन सक्ने भएकाले हामी सबैले सरकारले तोकेको मापदण्ड पूरा गर्नुपर्ने उनको भनाइ थियो ।

आइतबार मात्र विगत २४ घण्टामा एक हजार २२१ जना सङ्क्रमित फेला परेका छन्। तिमध्ये उपत्यकामा मात्र ४२९ जना रहेका छन् भने १४ जना सङ्क्रमणका कारणले निधन भएको छ ।

यस्तै मन्त्रालयले कोभिड–१९ को व्यवस्थापनमा खटिएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको क्वारेन्टिनको व्यवस्था सम्बन्धित अस्पतालले गर्न निर्देशन दिएको छ । क्वारेन्टिन, आइसोलेशन र अस्पतालबाट भाग्ने गरेको खबरप्रति दुःख व्यक्त गर्दै उपचारमा रहेका सङ्क्रमित भाग्नु खतरा रहेको उनले बताए। उनले आफू, समाज र आफ्ना परिवारलाई सङ्क्रमणबाट जोगाउनका लागि नभाग्न आग्रह गरे।। 

 

Must View