नागरिक पोष्ट News


कोरोना संक्रमणबाट एकैदिन २० जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २१५ पुगेको छ

1.9K

काठमाण्डौ – गत २४ घण्टामा उपत्यकामा १८६ सहित ८८४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।  २४ घण्टामा कोभिड–१९ बाट उपत्यकामा छ जनासहित २० जनाको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकैदिन २० जनाको मृत्यु भएको पुष्टि भएकोहो । हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या २१५ पुगेको छ ।

पर्सा र महोत्तरीका ३/३ जना, काठमाडौं, भक्तपुर र ललितपुरका २/२ जना, सिराहा, पाल्पा, कास्की, गोरखा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको पनि मृत्यु भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले भने अपरान्हको नियमित प्रेस ब्रिफिङका क्रममा १२ जनाको मृत्यु भएको भनेको छ । यसमा महोत्तरीका ३, पर्सा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको तथ्यांक जोड्न बाँकी छ ।

चितवनमा आज साँझ थप एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी(बर्दघाट सुस्तापूर्व), विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको

कोभिड–१९ को सङ्क्रमणबाट  महोत्तरीमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भङ्गाहा नगरपालिका–१ का ३० वर्षीय युवक र पिपरा गाउँपालिका–७ का ७० वर्षीय वृद्ध रहेको कोरोना फोकल पर्सन गिरेन्द्रकुमार झाले बताउनुभयो । साँझ ५ः५० बजे निधन भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

त्यस्तै चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । विगत २४ घण्टाभित्र पर्सामा तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखरामा थप एक कोरोना सङ्क्रमितकोे मृत्यु भएको छ ।

Must View