देशभर ९२९ जनामा कोरोना संक्रमणको पुष्टि, अर्बपति बिनोद चौधरीदेखि ७१ जना पत्रकारलाई कोरोना पोजेटिभ
देशभर ९२९ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । १० हजार २२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ५९३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । उनीहरुमध्ये १९५ जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा ४१५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौं जिल्लामा मात्र ३५० जना छन् भने भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
उद्योगपति विनोद चौधरीलाई पनि कोरोनाउद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् ।
देशभर ७१ पत्रकारमा कोरोना संक्रमण
काठमाडौं । नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघका अनुसार सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा पत्रकार पनि कोरोना संक्रमित भएका छन् ।
प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएकामा पर्साका १३, बाराका ४, धनुषाका २, सप्तरीका ३, सर्लाहीका ३, महोत्तरीका १ र रौतहटका १ जना रहेका छन् ।
बागमती प्रदेशमा ११ जना पत्रकार संक्रमित भएकामा काठमाडौंका ९ र ललितपुरका २ जना रहेका छन् ।
यसैगरी गण्डकी प्रदेशमा कास्कीका १ र नवलपुरका ७ गरी ८ जना संक्रमित भएका छन् ।
प्रदेश ५ मा बाँकेका २, बर्दियाका १, कपिलवस्तुका ६ र रुपन्देहीका २ गरी ११ जना संक्रमित भएका छन् ।
कर्णालीकी दैलेख जिल्लामा १ जना पत्रकार संक्रमित भएका छन् ।
दैलेखमा समुदायका ११ जनामा कोरोना संक्रमण सैनिक अस्पताल छाउनीमा कार्यरत ९ जनामा कोरोना पुष्टि सीमामा खटिएका ४७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि मकवानपुरमा २९ जनामा कोरोना संक्रमण पुष्टि रुपन्देहीमा थपिए ५२ कोरोना संक्रमित