नागरिक पोष्ट News


लकडाउनले जीवनयापन प्रभावित भएसँगै बीमालेख धितो कर्जाको माग पनि बढ्दो

2K

काठमाडौं, १२ भदौ । नेपालका जीवन बीमा कम्पनीहरूले बीमालेख धितोमा प्रवाह गर्ने कर्जा बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्ष २०७६÷७७ मा १९ जीवन बीमा कम्पनीहरूले यस्तो धितोमा १२ अर्ब ७९ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५८ प्रतिशत बढी हो । आर्थिक वर्ष २०७५÷७६ मा कम्पनीहरूले ८ अर्ब ९ करोड बराबरको कर्जा प्रवाह गरेका थिए । सो अवधिमा बीमालेख धितो कर्जाबापत बीमा कम्पनीहरूको उल्लेख्य आम्दानी गरेको देखिएको छ । कम्पनीहरूले गत आवमा बीमालेख धितो कर्जाबाट ३ अर्ब ८५ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन् । लकडाउनका कारण सर्वसाधारणको जीवनयापन प्रभावित भएसँगै बीमालेख धितो कर्जाको माग बढ्न थालेको सम्बद्ध कम्पनीहरू बताउँछन् । यस्ता कम्पनीहरूले जारी गरेको बीमालेख धितो राखेर बीमितहरूलाई निश्चित प्रतिशत ब्याजदरमा कर्जा वितरण गर्छन्, जुन लकडाउनयता बढेको जीवन बीमक संघले बताएको छ । बीमा गरेको २ वर्षपछि सम्बद्ध बीमा कम्पनीबाट बीमितहरूले यस्तो कर्जा पाउने व्यवस्था छ । उक्त व्यवस्था अनुसार बीमितले समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा पाउन सक्छन् ।mn

Must View