इप्रकामा ज्ञापन पत्र बुझाउदै मेची महाकाली बुहारी संयुक्त आवाज
बुटवल, महिला तथा बालबालीका हिंसा बिरूद्द एवः बिभिन्न सामाजीक कार्यमा सक्रिय संस्था मेची महाकाली बुहारी संयुक्त आवाजले कन्चन गाउँपालीका–१ कि किशोरी करूणा घर्ती मगरको न्यायको लागी आबाज उठाएको छ । गत साउन २२ गते जंगलमा झुन्डीएको अबस्थामा करूणाको शव फेला परेको थियो ।
करूणालाई बलात्कार पछी हत्या गरिएको आशंका परिवारका सदस्यहरूले गरेका छन् । उनको आमा लगायतका परिवारका सदस्यहरुको समेत उपस्थितमा मेची महाकाली बुहारी संयुक्त आवाज रूपन्देही संयोजक लता खड्काको नेत्रित्वको एक प्रतिनिधी समुहले ईलाका प्रशासन कार्यालय मार्फत रूपन्देहीका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्रमा आफुहरूले घटना र घटना पछीको परिस्थिति एवः प्रहरी अनुसन्धान पक्रियालाई नजिकबाट नियालीरहेको उल्लेख गर्दै घटनाबारे तत्काल सत्यतथ्य सार्बजनिक गरी दोषीलाई कडा कार्वाहीको माग गरिएको छ । साथै पिडित परिवारको कानुनी र नैतिक लडाईमा मेची माहाकाली बुहारी संयुक्त आबजले साथ दिने प्रतिबद्धता जनाएको छ ।
ज्ञापन पत्र बुझाउँदै रूपन्देही संयोजक खड्काले पिडितलाई न्याय र पिडकलाई कडा भन्दा कडा कार्वाही नगरिए देशै भरीका बुहारी हरू एकजुट भएर सडकमा ओर्लने चेतावनी दिइन । ज्ञापन पत्र बुझ्दै ईलाका प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिक्रित बिष्णु प्रसाद ज्ञवालीले यस घटनाको दोषीले कुनै हालतमा पनि उन्मुक्ती नपाउने बताउँदै आफुले यो ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी समक्ष्य पेश गर्ने बताए । संस्थाको केन्द्रीय अध्यक्ष यमु शर्मा शुब्बाले यस घटनाका पिडकलाई उन्मुक्ती दिन खोजिए देश ब्यापी प्रदर्शनमा जाने गरी तयारी भईरहेको बताइन् ।
आजै मेची महाकाली बुहारी संयुक्त आबजको टिमले ईलाका प्रहरी कार्यालय बुटबलका प्रहरी प्रमुख प्रतिक राठौरलाई भेट गरी घटना को बारेमा छलफल गरेको छ । प्रहरी प्रमुख राठौरबाट यस घटना को दोषीलाई कडा भन्दा कडा कार्वाही गर्ने र पिडीतलाई न्याय दिने कुरामा कुनै कसर बाँकी नराख्ने बताए । कार्यक्रममा मेचीमहाकाली बुहारी संयुक्त आवाजको रूपन्देही उपाध्यक्ष धना श्रेष्ठ, सदस्यहरू सरला नेपाल र अम्रीता जीसीको उपस्थिति रहेको थियो । कोरोना त्रास र प्रशासनले ५ जना भन्दा धेरै भेलाहुन बन्द गरेकाले अन्य सदस्यहरू चाहेर पनि सहभागी गराउन नसकिएको संयोजक खड्काले बताइन् ।