तारकेश्वर ७ फुटुंगका युवाले स्थानीय सरकारलाई कोरोना नियन्त्रण बारे ११ बुँदे सुझाव बुझाए
तारकेश्वर, १२ भदौ । तारकेश्वर नगरपालिका वडा नं ७ फुटुंगका स्थानीय युवाहरुले सरकारलाई दिए ११ बुँदे सुझाव बुझाएका छन् । कोरोना भाइरस नियन्त्रणमा स्थानीय प्रशासनको काम चुस्त नदेखिएको भन्दै वडा कार्यालयमार्फत जनप्रतिनिधिहरुलाई सजग गराएका हुन् ।
उनीहरुले नगरपालिकामा विपद व्यवस्थापन समिति बन्नुपर्ने र कोभिड नियन्त्रणमा त्यसलाई सक्रिय गराउनपर्ने माग गरेका छन् । उक्त समितिमा टोल सुधार समितिका मानिस, युवा स्वयंसेवक तथा बौद्धिक वर्ग लगायतलाई सहभागी गराउन उनीहरुले माग गरेका छन् ।
निषेधाज्ञाका बीच नगरले पसल खोल्न समय दिएपनि स्वास्थ्यका मापदण्डको ख्याल नभएको भन्दै युवाहरुको समूहले कडाईका साथ मापदण्ड पालना गर्न, पसलका सञ्चालकले ग्राहकलाई स्यानीटाइजर र साबुनपानीले हात धुने व्यवस्था गराउनुपर्ने बताएका छन् । व्यापार व्यवसाय गर्दा डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्नुपर्ने पनि उनीहरुको सुझाव छ ।
११ बुँदे ध्यानाकर्षण गराउने युवाहरुमा शैलेन्द्र अधिकारी, सुशील थापा, रमेश केसी, महेश्वर रावल, श्रीराम केसी, सचिनविक्रम कुँवर र दिनेश प्रधान रहेका छन् । उनीहरुले ज्ञापनपत्रको बोधार्थ तारकेश्वर नगरपालिका, वडा प्रहरी कार्यालय, सबै राजनीतिक दलका प्रतिनिधि लगायतलाई पनि दिएको समूहका अभियन्ता श्रीराम केसीले जानकारी दिए । समूदायस्तरमा कोरोना संक्रमण बढेसँगै त्यसबाट जोगिन स्थानीय समुदाय नै सक्रिय हुनुपर्ने भन्दै यस्तो पहल थालेको केसीले बताउनुभयो ।
Cover Photo : तारकेश्वर अनलाईन
यस्तो छ ११ बुँदे सुझाव सहितको ज्ञापनपत्र