नागरिक पोष्ट News


भदौ १७ देखि अन्तर्राष्ट्रिय उडान खुल्ने, यस्तो छ उडान तालिका

2.4K

काठमाडौं । सरकारले नियमित अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । यहि भदौ १७ गतेदेखि स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका लागि उडान तालिका सार्वजनिक गरेको हो । सरकारले १ महिनामा जम्मा ८७  वटा उडान गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक महिना अर्थात असोज १४ सम्मको लागि तालिका तय गरेको हो । पर्यटन मन्त्रालयले तयार पारेको तालिकामा नेपालमा उडान गर्ने सबैजसो वायुसेवा कम्पनीलाई पालैपालो उडान अनुमति दिइएको छ । नेपाली वायुसेवालाई भदौ १७ बाट नियमिन उडान गर्ने गरी स्वीकृति दिइएको छ । उक्त दिन सरकारी ध्वजावहाक जहाज जापानको नारितामा पुगेर पहिलो नियमित उडान शुरु गर्नेछ । त्यसपछिका तीनवटा उडान हिमालय एयरलाइन्सले गरेपछि लगातार ४ वटा उडान नेवानिले गर्ने गरी उडान तालिका बनेको छ ।

एक महिनामा एउटा विदेशी वायुसेवा कम्पनीले अधिकतम चारवटासम्मको उडान अनुमति पाएका छन् । मन्त्रालयले तय गरेको तालिका अनुसार १८ भदौ र १ असोजमा दैनिक तीन वटा उडान हुनेछन् ।

उक्त दुई दिन दुई विदेशी र एक नेपाली वायुसेवाको गरी तीन वटा उडान भर्ने भएका छन् । इस्तानबुलबाट टर्किस र हङकङको क्याथे ड्रयागनको उडान एकैदिन परेकोले यसको उडान भएका ती दुबै दिन तीनवटा र अन्य सबै दिन एउटा विदेशी र एउटा स्वदेशी वायुसेवाको एक उडान गर्ने गरी मन्त्रालयले तालिका बनाएको छ । यसका साथै अन्य दिन स्वदेशी र विदेशी वायुसेवाका एक÷एकवटा उडान गर्ने गरी तालिका तय भएको छ । 

Must View