पूर्व रक्षामन्त्री भीमसेन दासको संयोजनमा बसेको बैठकले सांसद विकास कोषको रकम आइसोलेसन निर्माणमा खर्चिने प्रतिबद्धता
1.9K
काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढेसँगै काठमाडौं जिल्लाबाट प्रतिनिधत्व गर्ने सबै दलका सांसदले सांसद विकास कोषको रकम आइसोलेन सेन्टर निर्माणमा खर्च गर्ने सहमति जनाएका छन्।
कांग्रेस सांसद एवं पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानको संयोजनमा बुधबार बसेको काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदको बैठकले संसद विकास कोष र बाँकी विकास बजेट कोरोना नियन्त्रणमा खर्च गर्ने निर्णय गरेका हुन्। काठमाडौं जिल्ला १९ मध्ये बुधबारको बैठकमा १० सांसदको उपस्थिति रहेको थियो।