नागरिक पोष्ट News


डिएसपीसहित ४२ प्रहरीमा कोरोना संक्रमण, मनमैजुमा भएको हत्यामा पक्राउ परेका व्यक्तिबाट संक्रमण फैलिएको

2K

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र जनसेवामा कार्यरत ४२ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। महारागञ्ज वृत्तका २२ जना जनसेवा वृत्तका २० जना गरी ४२ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

महारागञ्ज वृत्तमा मनमैजुमा भएको हत्याको आरोपमा पक्राउ परेका एक व्यक्तिबाट संक्रमण फैलिएको थियो।

गत साउन ३१ गते प्रहरीले मनमैजु हत्यामा संलग्न चार जनालाई पक्राउ गरेको थियो। त्यसका मुख्य आरोपीमा संक्रमण देखिँदा उनीबाट सुरूमा ९ जना प्रहरीमा कोरोना देखिएको थियो। उनीहरुमध्ये केहीलाई प्रहरी अस्पताल र केहीलाई दहचोकको आइसोलेसनमा राखिएको छ।

News Source : काठमाडौंमा डिएसपीसहित ४२ प्रहरीमा कोरोना संक्रमण

Must View