नागरिक पोष्ट News


नेपालमा कोरोनाको संक्रमण शुरुवातको अबस्थामा प्रवेश, भयावह अबस्था आउन सक्ने डब्लुएचओको चेतावनी

2.4K

नेपालमा कोरोनाको संक्रमण सुरुवात मात्र रहेको, योभन्दा खराब परिस्थिति आउने सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपाल कार्यालय प्रमुख डा। जोस भान्देलारले नेपालमा बताएका छन् ।

अर्को महिनामा योभन्दा खराब परिस्थिति आउने, दीर्घरोगी वृद्धवृद्धामा संक्रमण बढी देखिन सक्ने, र मृत्युदर बढ्नसक्ने भन्दै जोस भान्देलारले थप सचेतना अपनाउन अपील गरेका छन् । कोरोना संक्रमण फैलिएको अन्य मुलुकमा कुल जनसङ्ख्याको एकदेखि दुई प्रतिशत मानिसलाई संक्रमण देखिए पनि नेपालमा ०।१ प्रतिशतलाई मात्र संक्रमण देखिएको उनले बताए । अन्य देशमा जस्तो नेपालमा कुल जनसंख्याको एकदेखि दुई प्रतिशतलाई संक्रमण नदेखिने समेत उनले दाबी गरे । कोभिड भनेको स्वास्थ्य समस्या मात्रै नभएर आर्थिक र मानसिक समस्या समेत रहेको भन्दै डा। भान्देलारले भने ‘त्यसैले यो महामारीसँग राष्ट्र, नागरिक र समाज एकजुट भएर लड्नुपर्ने समेत बताए ।

Must View