नागरिक पोष्ट News


प्रधानमन्त्री ओली झन् शक्तिशाली रुपमा प्रस्तुत, मन्त्रीमण्डल हेरफेरको तयारीमा रहेको खुलासा, को को आउट हुदै

2.5K

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अब पुरै मन्त्रिमण्डलको सेट परिवर्तनमा लागेको खुलेको छ । उनी त्यसका लागि छलफल समेत सुरु गरिसकेका छन् । पार्टीमा देखिएको तिब्र असन्तुष्टि पछि उनी सबैलाई मिलाएर लैजाने मनस्थितिमा पुगेका छन् । नयाँ मन्त्रीमण्डलमा कसलाई ल्याउने भन्ने विषयमा उनले विश्वासपात्रहरुसँगको छलफल सुरु गरेका छन् ।

ओलीले अब आफू पुरै नयाँ ढंगले अगाडि बढ्ने भन्दै मन्त्रिमण्डलमा हेरफेर नभई सेट नै परिवर्तन गर्नेबारे आफ्ना नजिकका हरुसंग परामर्श गरेका छन् । उनले सल्लाहकार टिम स समेत परिवर्तन गर्ने संकेत देखाएको उनी निकटका स्रोतले जनाएका छन् । केही सल्लाहकाका गतिविधि विवादित देखिएका कारण उनी त्यस्तो निर्णयमा पुगेको बताइएको छ ।

सरकारमा रहेका मन्त्रीहरु र उनका सल्लाहकार समेत विवादमा परेपछि ओलीले पुरै सेट परिवर्तनको तयारी लागेको बुझिएको छ । एकलौटी निर्णय गर्न थालेको भन्दै उनी पार्टीभित्र पनि निकै आलोचित हुँदै आएका छन् । माधव कुमार नेपाल समुहले उनको राजिनामा माग्दै आएको छ । उनले यसपटक नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमलाई समेत चित्त बुझ्ने गरी मन्त्रिमण्डलमा नयाँ मन्त्रीहरु ल्याउन छलफल बढाइसकेका छन् ।

संधै विवादमा परिरहने रक्षामन्त्री इश्वर पोखरेललाई पनि विदा गर्ने सम्भावना देखिएको छ । त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समेत नदोहोरिने भएका छन् । गृहमन्त्री रामबहादुर थापा बादललाई पनि निरन्तरता नदिने ओलीको तयारी रहेको भएपनि त्यस बारेमा दोस्रो पक्षसंग छलफल गर्ने बताइएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाको पद पनि धरापमा परेको छ । उनी पनि दोहोरिने सम्भावना कम देखिएको छ ।

एक दुईजना मन्त्रीहरु कार्यक्षमताका आधारमा दोहोरिने सम्भावना रहेपनि पुरै सेट परिवर्तन हुनसक्ने बताइएको छ । अध्यक्ष प्रचण्डले पनि पुरै सेट परिवर्तनमा जोड दिएका कारण उनी तयसको तयारीमा लागेको बुझिएको छ । 

Must View