उपत्यकामा मात्र एकैदिन ३०१ कोरोना संक्रमित थपिए , हेर्नुहोस् देशभर कहाँ कति संक्रमित
यससँगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३०१ जना संक्रमित थपिएका छन् । जसमध्ये २३० जना काठमाडौंका छन् भने ललितपुरका ४७ र भक्तपुरका २४ जना छन् ।
बाँकेमा ५१ सैनिकमा कोरोना संक्रमण पुष्टि बुटवलका १३ जना थुनुवामा कोरोना संक्रमणयस्तै सर्लाहीका १२० जना, सुनसरीका ५५, धनुषाका ४३, चितवनका ४२, कैलालीका २९, बाराका २४, लमजुङका २३, प्युठानका २२, काभ्रेका २१, रौतहट र अछामका २०/२० जना, रुकुमका १९, महोत्तरी र मकवानपुरका १८/१८ जना, झापा र दाङका १६/१६ जना, मोरङका १३ जनामा संक्रमण पुष्टि भएको छ ।
तेह्रथुमका ८ जना, नवलपुर र सुर्खेतका ७/७ जना, पाँचथर, कास्की, कपिलवस्तु र बाँकेका ४/४ जना, सिराहाका ३ जना, दोलखा, धादिङ, नवलपरासी, कञ्चनपुर, डडेलधुरा र डोटीका २/२ जना तथा खोटाङ, पर्सा, सप्तरी, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, बर्दिया, रोल्पा, जाजरकोट, दैलेख र सल्यानका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।