नागरिक पोष्ट News


निषेधाज्ञा ५ दिन थप्ने तयारी, उपत्यकाका सीडीओको छलफल हुदै

1.8K

काठमाडौं । निषेधाज्ञाबारे छलफल गर्न उपत्यकास्थित काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनको संयुक्त बैठक बस्दैछ । कोरोना संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरण गर्न बुधबार मध्यरातिदेखि जारी गरिएको निषेधाज्ञा र अहिलेसम्मको स्थितिबारे समीक्षा गर्न संयुक्त बैठक बस्न लागेको हो । 

बैठकले १० गतेसम्म जारी गरिएको निषेधाज्ञाको अवधि बढाउनेबारे निर्णय गर्ने बताइएको छ । सोमबार नै भक्तपुर र ललितपुर जिल्ला सुरक्षा समिति र डीसीसीएमसी बैठकले निषेधाज्ञाको अवधि एक हप्ता बढाउने निर्णय गरेका छन् । 

कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै भदौ १० गतेसम्म जारी गरिएको निषेधाज्ञा अझैं लम्बिने देखिएको छ। 

सोमबार उपत्यका नगरपालिका फोरमले पनि भदौ १५ गतेसम्मका लागि स्थानीय तहबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै सेवा स्थगनको निर्णय गरेको छ । फोरमले निषेधाज्ञा भदौ १५ गतेसम्म बढाउन पनि सिफारिस गरेको छ ।

Must View