लाइसेन्सको नवीकरण म्याद भदौ मसान्तसम्म मात्र, म्याद लकडाउनकै बेला सकिए जरिवाना नलाग्ने
2.2K
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्ने म्याद लकडाउनको अवधिमा सकिएकाहरूलाई जरिवाना नलिने भएको छ ।
तर निश्चित समयाबधी भने तोकेको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै भदौ मसान्तसम्म नवीकरण गर्न पाउने जनाएको छ ।
विभागका अनुसार बन्दाबन्दीको कारणले ढिलो भएबापत् बुझाउनु पर्ने शुल्क जरिवाना मिनाहा गरेको जनाएको छ । यो निणर्यअनुसार सेवाग्राहीले चैत ११ पछि म्याद सकिएको भए भदौ मसान्तसम्म कुनै जरिवाना तिर्नुपर्ने छैन ।