नागरिक पोष्ट News

सिडिएस एण्ड क्लियरिङको सिईओमा कृषि विकास बैंकका पूर्व कर्मचारी पूर्णप्रसाद आचार्य 

2.2K

काठमाडौं । कृषि विकास बैंकका पूर्व कर्मचारी पूर्णप्रसाद आचार्य  सिडिएस एण्ड क्लियरिङ सिडिएससीको प्रमुख कार्यकारी अधिकृत सिइओमा पूर्णप्रसाद आचार्यलाई नियुक्त भएका छन। नेपाल स्टक एक्सचेञ्जले आफ्नो सहायक कम्पनी सिडिएससीमा गत असार १६ गते सिइओको लागि आवेदन माग गरेको थियो ।  सिडिएससीको रिक्त प्रमुख कार्यकारी अधिकृत पदका लागि सात जनाको आवेदन परेको थियो । आचार्य सहित कृष्ण गिरी, भिष्म चालिसे, मानबहादुर खत्री, दिनेश कुमार बर्तौला, डिल्लिप्रसाद चौधरी र कृष्ण लामीछानेले उक्त पदका लागि आवेदन दिएका थिए ।  प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि नेपाल स्टक एक्सचेञ्ज नेप्सेका उपप्रबन्धक निरञ्जन फुयाँलको संयोजकत्वमा छनोट समिति गठन भएको थियो । उक्त समितिले ६ जनामध्यबाट तीन जनाको नाम प्रमुख कार्यकारी अधिकृतमा सिफारिस गरेको थियो ।

समितिले कृष्ण गिरी, भिष्म चालिसे र पूर्ण प्रसाद आचार्यको नाम सिफारिस गरेको हो । तीन जनामध्यबाट सिडिएससीको सञ्चालक समितिले आचार्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । यस अघिका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताको गत असोज ९ गतेदेखि कार्यकाल सकिएसँगै सिडिएससी प्रमुख कार्यकारी विहिन रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि नेपाल स्टक एक्सचेञ्ज नेप्सेका उपप्रबन्धक निरञ्जन फुयाँलको संयोजकत्वमा छनोट समिति गठन भएको थियो । उक्त समितिले ६ जनामध्यबाट तीन जनाको नाम प्रमुख कार्यकारी अधिकृतमा सिफारिस गरेको थियो ।

Must View