नागरिक पोष्ट News


काठमाडौं उपत्यकामा १५ हजार बढी कोरोना संक्रमित हुनसक्ने अनुमान, निषेधाज्ञा १५ गतेसम्म लम्ब्याउन सिफारिस

2.1K

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । दैनिक एक सय पचासको संख्यामा कोरोना संक्रमित पुष्टि हुदै आएको छ । संक्रमणको दर बढेसँगै भाद्र ३ बाट सरकारले उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गरेको छ । जनस्वास्थ्य विज्ञहरुले सरकारको कट्याक ट्रेसिङ प्रभावकारी नभएकोले कट्याक ट्रेसिङलाई बढवा दिनुपर्ने बताएका छन् । अहिले महानगर, नगरपालिका, वडास्तरमा कट्याक ट्रेसिङलाई अगाडी बढाइएको जनप्रतिनिधिहरुले सूचना जारी गरी जानकारी गराएका छन् । उपत्यका नगरपालिका फोरमले पनि कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरेको छ । समूदायस्तरमै संक्रमण फैलिनसक्ने खतरालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरिएको फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । सोमबार साँझको तथ्यांकअनुसार उपत्यकामा कुल संक्रमितको संख्या ३४८६ पुगेको छ, जसमध्ये काठमाडौंमा २७५६, ललितपुरमा ४४४ र भक्तपुरमा २८६ जना छन् । तर उपत्यकामा कोरोना संक्रमितको संख्या १५ हजारभन्दा बढी हुनसक्ने स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा। खेम कार्कीले बताए ।  भदौ ९ सम्म रहेको निषेधाज्ञा १५ गतेसम्म लम्ब्याउन सिफारिस गरिएको उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । निषेधाज्ञाको अवधिभित्रै कन्ट्याक्ट ट्रेसिङको काम सक्ने स्वास्थ्य मन्त्रालयले १८ वटा पालिकालाई १८ जना फोकल पर्सन तोक्ने प्रतिवद्धता जनाएको छ ।

Must View