नागरिक पोष्ट News


घटना धुलिखेलको : कोरोना संक्रमणबाट बाबुको मृत्यु, किरियापुत्री बसेका छोरालाई गाउँलेले घरबाटै लखेटे

2.3K

स्व. रामचन्द्र घिनाञ्जुको छोरा  रामेश्वर घिनाञ्जुले फेसबुकमा मार्मिक स्टाटस: हामीलाई तपाईंको तस्वीरमा हेरेर तपाईंको चिरआत्माको कामना गर्न, शान्तिको दीप बाल्नसमेत मौका दिइएन बा । तपाईंलाई दाग बत्ती दिने अन्तिम कर्तव्य पनि पूरा गर्न पाइनँ बा ।

मानिसहरु किन अमानवीय बन्दैछन् । कोरोना भाइरस भन्दा मानिसको व्यवहार घातक बन्दैछ । बानेश्वर चितवनको घटना पछि धुलिखेलको अर्को घटना सार्वजनिक भएको छ । धुलिखेलका एक समाजसेवीको परिवारलाई छरछिमेकी र स्थानीय प्रतिनिधिले किरियापुत्री बसेकै अवस्थामा लखेटेका छन्। समाजसेवी रामचन्द्र घिनाञ्जुको कोरोना संक्रमणकै कारण ९८ वर्षको उमेरमा गत साता निधन भएपछि किरियामा बसेका उनका छोरासहितको परिवारलाई स्थानीय जनप्रतिनिधिसमेतले जबरजस्ती लखेटेका खबर  समाचारपत्र दैनिकले छापेको छ। स्व. रामचन्द्र घिनाञ्जुको छोरा  रामेश्वर घिनाञ्जुले फेसबुकमा मार्मिक स्टाटस लेखेका छन्, हामीलाई तपाईंको तस्वीरमा हेरेर तपाईंको चिरआत्माको कामना गर्न, शान्तिको दीप बाल्नसमेत मौका दिइएन बा, तपाईंलाई दाग बत्ती दिने अन्तिम कर्तव्य पनि पूरा गर्न पाइनँ बा । 

 

Must View