नागरिक पोष्ट News


डब्लुएचओको चेतावनी : नेपालमा कोरोनाको योभन्दा खराब परिस्थिति आउने र मृत्युदर बढ्नसक्ने, सचेतना अपनाउन अपील !

3.3K

नेपालमा कोरोनाको संक्रमण सुरुवात मात्र रहेको, योभन्दा खराब परिस्थिति आउने सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपाल कार्यालय प्रमुख डा। जोस भान्देलारले नेपालमा बताएका छन् ।

अर्को महिनामा योभन्दा खराब परिस्थिति आउने, दीर्घरोगी वृद्धवृद्धामा संक्रमण बढी देखिन सक्ने, र मृत्युदर बढ्नसक्ने भन्दै जोस भान्देलारले थप सचेतना अपनाउन अपील गरेका छन् । कोरोना संक्रमण फैलिएको अन्य मुलुकमा कुल जनसङ्ख्याको एकदेखि दुई प्रतिशत मानिसलाई संक्रमण देखिए पनि नेपालमा ०।१ प्रतिशतलाई मात्र संक्रमण देखिएको उनले बताए । अन्य देशमा जस्तो नेपालमा कुल जनसंख्याको एकदेखि दुई प्रतिशतलाई संक्रमण नदेखिने समेत उनले दाबी गरे । कोभिड भनेको स्वास्थ्य समस्या मात्रै नभएर आर्थिक र मानसिक समस्या समेत रहेको भन्दै डा। भान्देलारले भने ‘त्यसैले यो महामारीसँग राष्ट्र, नागरिक र समाज एकजुट भएर लड्नुपर्ने समेत बताए ।

Must View