गजल निर्दोष पशुहरुको बलि चढाएर शान्ति खोज्छ मान्छे मन्दिर बाट
2.1K
आमा ग्रसित छिन् पिरै पिर बाट छोरो लापत्ता भयो कस्मिर बाट
बा को नजर बाटोमा बगि रह्यो फर्केर आएन छोरो जागीर बाट
म आफै सँग हारेको खेलाडी हुँ के आस राख्छौ यो फकिर बाट
तिमी यो आत्माबाट टाढिने छैनौ टाढिए पनि यो आत्मा शरीर बाट
निर्दोष पशुहरुको बलि चढाएर शान्ति खोज्छ मान्छे मन्दिर बाट