काठमाडौं उपत्यकामा मात्र २२४ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ५७ जनाको मृत्यु
1.6K
काठमाडौं जिल्लामा १७७, देशभर ७ सय ४३ संक्रमित थपिए
काठमाण्डौ – पछिल्लो २४ घन्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमितत पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार २५ जनामा गरिएको परीक्षणमा ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ जना पुगेको छ । जसमध्ये १ सय ५७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा २ सय ८१ जना डिस्चार्ज भएका छन् यो संगै डिस्चार्ज हुनेको संख्या १८ हजार ८ सय ६ पुगेको छ । सोमबार काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।